ईन्टरनेशनल कलेजबाट उठ्यो मनोजको लागि सहयोग रकम

0
196

आशिष उप्रेती, चितवन, पुस २ । मनोज न्युरेको जीवन रक्षाको लागि सहयोगी रकमहरु अहिले जुट्दै गएको छ । त्यस्तै पूर्वी चितवनको खैरहनी, पर्सामा रहेको ईन्टरनेशनल कलेजमा अध्ययन गर्ने विध्यार्थी र शिक्षकहरुबाट ११ हजार ७ सय २० रुपैया रकम संकलन भएको छ । सो रकम आज ईन्टरनेशनल कलेजका प्रमुख भिष्मराज पाठकले मनोजका अंकल समीर न्युरेलाई हस्तान्तरण गर्नुभएको छ ।

Advertisements

कलेजका प्रमुख भिष्मराज पाठकले विगतका दिनहरुमा पनि कलेजले विरामीहरुलाई यसरी नै सहयोग गरेको र आगामी दिनहरुमा पनि यसरी नै सहयोग गर्ने बताउदै विरामी मनोजको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा कलेजका एम बि एस कोर्डिनेटर सन्तोष उप्रेतीको सहभागीता समेत रहेको थियो । सो रकम ईन्टरनेशनल कलेजमा बिबि एस चौथो वर्षमा अध्ययन गर्ने विध्यार्थीहरु र सोही कलेजमा अध्ययन गर्ने आशिष उप्रेतीको नेतृत्वमा संकलन गरिएको हो ।

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २१ का मनोज निउरे बोन म्यारोको समस्याले हाल भारतको एपोलो अस्पतालमा उपचाररत रहेका छन् । बोन म्यारो फेर्न र उपचारको लागि अस्पतालले करिब १ करोड लाग्ने बताएपछि अस्पतालको बेडबाट अहिले मनोजले जीवन रक्षाको लागि सबैमा अपिल गरेका छन् ।

LEAVE A REPLY