देवघाटमा अस्टधातु शिवमुर्ति निर्माण सहयोगार्थ धातु संकलन सुरु

0
232

शिव शर्मा भरतपुर पुस ३ । देवघाटमा अस्टधातु शिवमुर्ति निर्माण सहयोगार्थ धातु संकलन सुरु भएको छ । आज (मगलवार) मेघौलीको जितपुरमा एक समारोहका बीच अस्टधातु संकलन कार्यको समुद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर वडा न २८ का कार्यवाहक अध्यक्ष नेत्रमणि आचार्यले देवघाटधामको विकासमा सबै जुट्नु पर्ने बताए ।
सोहि अबसरमा देवघाट प्रतिष्ठान समितिका अध्यक्ष अम्बिका अधिकारीले देवघाटधामलाई धार्मिक पर्यटनको उत्कृष्ठ गन्तब्य बनाउन अस्टधातुको शिवमुर्ति बनाउन लागिएको बताइन । देवघाटलाई थप आकर्षक बनाइ आन्तरिक एबम बाह्य पर्यटकको आगमनमा वृद्दि गरिने लक्ष्य राखिएको अधिकारीले प्रस्ट पारिन । आज बाट प्रतिष्ठानका सदस्य धातु सहित अन्य सहयोग माग्न घर दैलो गर्ने भएकाले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गरि देवघाटलाई धार्मिक अनुष्ठानको केन्द्र बनाउन आह्वान गरिन ।
पण्डित बालकृष्ण अर्यालले देवघाट धामलाई बिस्वकै धार्मिक केन्द्रको रुमपा बिकास गरि धार्मिक पर्यटनबाट विकास गर्न सकिने बताए । उनले धार्मिक पर्यटनको माध्यम बाट देवघाटका स्थानीयको सर्वा्ङ्गिण विकास हुनुपर्ने धारणा राखे । कार्यक्रममा रास्ट्रीय धर्म सभा नेपालका अध्यक्ष एबम देवघाट प्रतिष्ठानका सदस्य मुना गुरुङले देवघाट धार्मिक पर्यटनको उत्कृष्ठ अवसर रहेकोले अवसरलाई सदुपयोग गर्न आफुले सक्ने सहयोग गर्न आग्रह गरिन ।
देवघाट धामलाई धार्मिक पर्यटनको गन्तब्य बनाउन अहिले ३० फिट अग्लो शिवमुर्ति बनाउने काम जारि छ । शिव मुर्ति निर्माण कार्यले अहिले तिब्रता पाएको छ ।

Advertisements

LEAVE A REPLY