गैडाकोटमा निः शुल्क मधुमेह परिक्षण शिबिर

0
231

गैडाकोट पुस ०९ । मधुमेह न्यूनिकरण जागृत गर्ने उद्देश्यले आज गैडाकोटमा निः शुल्क मधुमेह परिक्षण शिबिर सम्पन्न भएको छ । शिबिर लायन्स क्लब अफ चितपन चौतारी तथा लायन्स क्लव अफ मौलाकालिका ग्रिनको सयुक्त आयोजनामा सम्पन्न भएको हो ।

Advertisements

खानपानमा ध्यान दिन, नियमित ब्यायाम तथा तनावमुक्त जीवनशैली अपनाउन सके मधुमेहबाट बच्न सकिने भरतपुर अस्पतालका फिजिसियन डा.महेन्द्र अग्रहारीले बताए । कार्बोहाइडेटको मात्रा बढी भएको खाना, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना हुने जनाउँदै उहाले मधुमेहका बिरामीले हेलचेक्र्याइँ गर्दा मिर्गौला खराब हुने, मुटुले काम गर्न छोड्ने, अन्धोपन तथा खुट्टा काट्नुपर्ने सम्मका अवस्था आउने भएकाले सचेत रहन आग्रह गरे।

शिविरमा १५० जना मधुमेह , ब्लड प्रेसर र ५० जना थाईराईडका विरामीले स्वास्थ्य जाँच गराएको लायन्स क्लव अफ मौलाकालिका ग्रिनकी अध्यक्ष शान्ति न्यौपानेले बताईन । शिबिरमा मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरुलाई निःशुल्क औषधी समेत बितारण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी नवलपुरका जिल्ला सभापति तथा वरिष्ठ समाजसेवी मदनभक्त अधिकारीले लायन्स क्लबले गरेको काम निकै सराहनीय रहेको बताउदै यस्ता शिविर विभिन्न ठाउमा गर्नुपर्ने बताए ।

औपचारिक कार्यक्रममा लायन्स क्लवलाई सहयोग गरेको भन्दै अग्रज व्यक्तित्व ८६ वर्षीय देवी प्रसाद बस्याल, गैडाकोट नगरपालीकाका सुचना अधिकारी लायन लिलाधर शर्मा, लायन्स क्लब अफ मौलाकालिका ग्रिनकी सचिव अन्जु घिमिरेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वार्ड नं ५ का वडाध्यक्ष नवराज कंडेल , लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका चिफ डिष्ट्रिक एडभाईजर राम प्रसाद भट्ट, डिष्ट्रिक चिफ राजेन्द« गौतम , लायन्स क्लब अफ चितवन चौतारीका सस्थापक अध्यक्ष भक्तीप्रसाद चालिसे, लायन्स क्लब अफ चितवन चौतारीका पूर्व अध्यक्ष पूर्णप्रसाद शर्मा ,मधुमेह समाजका अध्यक्ष शरद चन्द« पण्डित , विभिन्न लायन्स क्लबका पदाधिकारीहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ मौलाकालिका ग्रिनका अध्यक्ष लायन शान्ति न्यौपानेको अध्यक्षतामा भएको थियो । नेपालमा भने करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ ।

LEAVE A REPLY