सिंचाई नहुदा बेसाएर छाक टार्दै धनकुटाबासी

0
280

धनकुटा पुस १२ । करेसाबाट बग्ने नदिको पानी सिँचाइका लागि प्रयोग गर्ने अबस्था नहुँदा प्रसस्त जमिन भएर पनि स्थानीय किसान अन्न बेसाएर छाक टार्नुपर्र्ने बाध्यतामा छन् । सिंचाइ सुुविधा उपलब्ध नहुँदा तमोर नदी किनारका अनगिन्ती ठूल्ठूला फाँट र टारहरुमा खेती हुन नसकि बाँझै छन् ।
सहिदभूमि गाउँपालिका एकका चक्रबहादुर राईलाई तमोर नदी किनारको गोपालपुर फाँटमा ३२ रोपनी जमिन भएपनि टिका लगाउने अक्षता समेत किन्नु पर्ने बाध्यता छ । राइलाई मात्र होइन यो नदी किनारको गोपालपुर फाँटका २८ परिवार किसान आफ्नै उत्पादनले वर्षदिन धान्न नसक्ने अबस्थामा छन् । सुनसरी, उदयपुर र धनकुटाको सीमा त्रिवेणीदेखि पाँचथरसम्मको तमोरकरिडोरमा एकदेखि पाँचसय हेक्टरसम्मका यस्ता पचासौं सुख्खाग्रस्त फाँट छन् । केहि बाहेक अधिकाशं फाँटमा सिचाइ सुविधा छैन् । सिंचाइ अभावका कारण यो ठाउँमा धान, तरकारी र अन्य नगदेबाली उत्पादन नहुने र दाल, मकै, कोदो ,जुनेलो उत्पादनका लागि पनि आकासे पानीको भर पर्नुपर्ने बाध्यता रहेको शहिदभुमी गाउपालिका १ का चक्रबहादुर राइले बताउनुभयो ।

Advertisements

यस्ता फाटमा तरकारी, फलफूल र नगदेबालीको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन लिफ्ट प्रविधि मार्फत सुख्खा ग्रस्त केहि ठूला र उत्पादनशील फाँटमा सिँचाइ सुविधा पु¥याउने सरकारी योजना कार्यान्वयन भएको छैन् । जलसो्रत तथा सिंचाइ विकास डिभिजन धनकुटाका इन्जिनियर सुवोध गुरागाई । यस्ता उत्पादनशील जमिनमा सिँचाइको प्रबन्ध गरिे खाद्यान्न उत्पादन गर्न सके यी ठाउँका बासिन्दा आत्मनिर्भर हुनेथिए भने यस क्षेत्रको बसाइसराई पनि कम हुने थियो ।

LEAVE A REPLY