पटिहानीमा आयुर्वेदिक औंषधालय निर्माण हुने

0
230

चितवन, पुस २२ । भरतपुर महानगरपालिकाले आफ्ना विकासका कार्यक्रमलाइ सहर केन्द्रित गरेको भन्दै चर्को आलोचना भइरहेका बेला भरतपुरको पटिहानी आयुर्वेदिक औषधालय बन्ने भएको छ ।
भरतपुर महानगरपालिका–२२ पटिहानी पदमपोखरीमा सुविधासम्पन्न पटिहानी आयुर्वेदिक औषधालय निर्माण हुने भएको हो ।
औषधालय भवनको आज भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शिलान्यास गरेकी हुन् । उनले शिलान्यास कार्यक्रममा भरतपुर महानगरपालिकाको विकास गाउँकेन्द्रित हुनुपर्ने बताइन् । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेललगायतका क्षेत्रमा विकासलाई प्रथमिकता दिएको बताउँदै महानगर प्रमुख दाहालले विकास हेर्न चाहनेले पश्चिम चितवनलाई हेर्न आग्रह गरिन् ।
नेपाल सरकारको एक करोड ७८ लाख ७२ हजार रुपैयाँ लागतमा आयुर्वेेदिक अस्पताल निर्माण कार्य सम्पन्न भएसँगै यस भेगका जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउने महानगरपालिका प्रमुख दाहालले विश्वास व्यक्त गरिन् । पटिहानी आयुर्वेदिक औषधालय व्यवस्थापन समितिका अध्यक्ष तथा भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारी र वडा नम्बर २३ का अध्यक्ष नरिनारायण पौडेलले शुभकामना व्यक्त गरेका थिए ।

Advertisements

LEAVE A REPLY