दश वर्ष देशको सम्वृद्धिको लागि काम नगरी ‘माथि जान्न’ : प्रचण्ड

0
263
फोटो : नारायणीअनलाइन

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दश वर्ष देशको सम्वृद्धिको लागि काम गरेर ‘माथि जाने’ विचार रहेको बताएका छन् । चितवनमा आजदेखि सुरु भएको १२ औं चितवन महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशको लागि अवको दश बर्ष निकै महत्वपूर्ण रहेको भन्दैं सपना पुरा गरेर माथि जाने (हातको इशाराले स्वर्ग्तिर देखाउँदै) बताए । त्यसका लागि सबैको साथ आवश्यक रहेको अध्यक्ष प्रचण्डको भनाई छ । उनले हेर्दा हेर्दै भैसालोटनदेखि देवघाटसम्म पानीजहाज पनि चल्ने दावी गरे । नारायणी र राप्तीमा तटवन्ध र रिङरोड बन्ने प्रचण्डले बताए । चितवनले देशका लागि नै सन्देश दिने र राष्ट्रलाई नै एकतावद्ध गर्न सक्ने मोडलका रुपमा जिल्लालाई विकास गर्न खोजिएको प्रचण्डले बताए । देशभरीका विभिन्न भेगका जातजाती र समुदायको बसोबास चितवनमा नै भएकोले यहाँको विकास पनि तीव्र गतिमा हुने उनको धारणा छ ।

Advertisements

LEAVE A REPLY