भरतपुरमा अटो दुर्घट्ना, १ को मृत्‍यु २ घाईते

0
155

चितवन पौष २५ । चितवन भरतपुरमा अटो दुर्घट्ना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन् । आज साझँ ६:५५ बजे नारायणगढबाट गोन्द्र्याङ तर्फ जादै गरेको ना २ ह १७५६ नम्बरको अटो तिब्र गतिकाका कारण भरतपुर १० बसन्त चोकमा अनियन्त्रित भई दुर्घट्ना भएको हो ।

Advertisements

दुर्घट्नामा परी गम्भिर घाईते भएकी गोर्खा जिल्ला तान्द्राङ गाँउ पालिका ४ कि ३३ बर्षिय होममाया थापा लामिछानेको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचारको क्रममा साझँ सवा ७ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घट्नामा परी लामिछानेको श्रीमान बर्ष ३५ का सन्तोष लामिछाने र ५ बर्षिय छोरा सुसान्त लामिछाने घाईते भएका छन् । उनिहरुको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचार भईरहेको छ । घाईते मध्य सुसान्तको अवस्था गम्भिर रहेको छ भने सन्तोषको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अटो र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

LEAVE A REPLY