आहा ! चितवन महोत्सवमा केराका परिकारको स्वाद

0
415

शिव शर्मा चितवन, २५ पुष । चितवन महोत्सवको स्टल नं. ५५७ । जहा महोत्सवमा आएका अवलोकन कर्ताको भिड लाग्ने गदर्छ । सो स्टल केराको परिकारको परिसर हो । अवलोकनकर्ता केराको परिकार खाएर सन्तुस्ट देखिन्छन । चितवन केरा उत्पादक संघबाट उत्पादित केराका परिकार सो स्टलमा बेचिने गर्दछ । १० जना भन्दा बढी ‘कुक मेन’ खटिदापनि भ्याईनभ्याई थियो । भरतपुर–९ आस्था चोकमा रहेको चितवन बनाना क्याफेको महोत्सव स्टलमा कोहि केराको मःम खादै थिए त कोहि चिप्स,पकौडा लगाएत खादै थिए । “केराका परिकार असाध्यै मन पर्छ, बिशेष गरि म केराको मःम खाने गर्दछु ।” भरतपुर महानगरपालिका वडा न ६ बाट महोत्सव घुम्न आएका ज्ञान प्रसाद रिजालले भने,“शुद्द शाकाहारीका लागी त केराका परिकार निकै उपयोगी पाएँ ।” चितवन महोत्सव मै पटक पटक आएर खाने गरेको रिजालले सुनाए । नारायणगढकी चन्द्रकला अधिकारी महोत्सवमा मात्र नभई क्याफे मै गएर केराका परिकारको स्वाद लिने गरेको बताउछिन । “केराको पकौडा भनेपछि हुरुक्कै हुन्छु । स–परिवार नै बेला बेलामा क्याफे जाने गर्छौ ।” अधिकारीले भनिन ।  खेर गइरहेका केराको संमुचित प्रयोग गरि स्वादिष्ट परिकार बनाउने क्रमले केरा उद्योगको सम्भावना देखेको भरतपुर त्रिचोकका सुसिल भट्टराईले बताए ।

चितवन महोत्सवमा रहेको स्टलमा केराको मःम, पकौडा, चिप्स अचार पाइने चितवन बनाना क्याफेका संचालक लक्ष्मण सुवेदीले बताए । २०६६ देखिको महोत्सवबाट नै महोत्सव परिसरमा केराको परिकारको बिशेष स्टल राख्ने गरेको सुवेदीले सुनाए । “उपभोक्ताको सकारात्मक प्रतिक्रियाले परिसरले निरन्तरता पाएको छ ।” उनले भने,“चितवन जिल्लामा नै केराको परिकार पाइने रेस्टुरेन्टको प्रचार प्रसार गर्न स्टल राखेका हौ ।”

Advertisements

रेस्टुरेन्टमा दैनिक २ सयको संख्यामा ग्राहक आउने गरेका सुवेदीले बताए । चितवन केराको लागि उपयुक्त भएकोले केरा उद्योगको प्रचुर सम्भावना रहेको उनको बुझाई छ । “केराको उद्योगका लागि लबिङ्ग गरिरहेका छौ । स्थानीय सरकार र सरोकारवाला संगको छलफलले निरन्तरता पाएको छ ।” संचालक सुवेदीले भने । महोत्सवको उद्घाटनको दिन स्टलमा करिव डेढ लाखको कारोवार भएको सुवेदी बताउछन ।

खेर जाने केराको विभिन्न परिकार बनाएर पनि ब्यबसाय गर्न सकिन्छ भन्ने उदाहरण क्याफेले प्रस्तुत गरेको छ । केराखेतीको प्रवद्र्धन गर्न आठ कठ्ठा जग्गा भाडामा लिएर केराखेतीका कृषकले आस्था चोक स्थित रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । रेस्टुरेन्टमा पकौडा, चिप्स, मःम, अचारलगायत १० भन्दा बढी प्रकारका केराका परिकार पाइने गर्दछन ।
नारायणी नदि किनारमा पौष २५ देखि सुरु भएको महोत्सव माघ ४ गते सम्म चल्ने छ । महोत्सवमा ५ सय ७१ वटा स्टल छन् । २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । १२ औं संस्करणको महोत्सवलाई भ्रमण वर्ष २०२० लक्षित गरिएको छ ।

LEAVE A REPLY