बोष्टन इन्टरनेसनल कलेजमा बोष्टन इण्डेवर !

0
222

भरतपुर–९ सरतपुरमा रहेको बोष्टन इन्टरनेसनल कलेजमा बोष्टन इण्डेवर भएको छ । कलेजमा अध्यनरत स्नातक तहका बिद्यार्थीको आयोजनामा आज अन्तरास्ट्रिय स्तरको व्यवस्थापन प्रतियोगिता भएको हो । प्रतियोगितामा नेपाल भारत र बंगलादेशका विभिन्न १३ वटा कलेजका ७८ जना बिद्यार्थी सहभागी छन् । स्नातक तहमा अध्ययन गर्ने बिद्यार्थी मात्र सो कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रमको उद्घाटन त्रिभुवन बिस्वबिद्यालयका पुर्व डिन प्रोफेसर डा कुन्दन दत्त कोइरालाले गरे । उनले बिद्यार्थीको सैद्दान्तिक ज्ञानलाइ ब्यबहारिक बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । बिद्यार्थी जिवनकाल बाट नै व्यक्तित्व र नेतृत्व विकासका लागि बिद्यार्थी स्वयम् अग्रसर हुनु सकारात्मक रहेको उनको भनाइ छ । बुमेर्याङ्ग इन्टरनेसनल सर्भिसले प्रायोजन गरेको सो कार्यक्रममा उद्यमी, बजारशात्र,प्रमुख कार्यकारी अधिकृत (सीइओ ) मानव संसाधन ब्यबस्थापन लगाएतमा विद्यार्थीले बनाएका कार्यपत्र प्रस्तुत भए । बिद्यार्थीको नेतृत्व र व्यक्तित्व विकास गर्न कार्यक्रम गरिएको कार्यक्रम संयोजक कमल सुवेदीले जनाए । उनका अनुसार सैद्दान्तिक ज्ञानलाइ प्रयोगात्मक गर्न कार्यक्रम आयोजना गरिएको हो । बोष्टन कलेजमा ब्यबस्थापन संकायका विभिन्न कार्यक्रम संचालन हुदै आएका छन् ।

Advertisements

LEAVE A REPLY