चितवनमा पनि मनाइयो २ सय ९७औं पृथ्वी जन्मजयन्ती,पूर्वी चितवनका ६ जना सम्मानित

0
237

आशिष उप्रेती, चितवन, पुष २७ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २ सय ९७औं जन्मजयन्ती आज चितवनमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । त्यस्तै आज पूर्वि चितवनको भण्डारामा हिन्दुराष्ट्र र राजतन्त्रबादी ब्यक्तिहरु जम्मा भई शाही युवा शक्ति नेपाल जिल्ला समिति चितवनले भण्डारादेखि लोथर र लोथर हुदै नारायणगढको पुलचोकसम्म र नारायणगढदेखि भण्डारासम्म मोटर साईकल र्यालीको आयोजना गरी पुन भण्डारामा आई कोण सभामा परीणत भएको थियो । कोण सभामा नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहलाई सम्झदै द्धिप प्रज्वलन समेत गरीएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा राप्रपाका नेता माधव भट्राई र बलराम खनाल रहनुभएको थियो । 

कार्यक्रममा हरेराम हरे कृष्ण मण्डलीका चिरन्जीवी सिलवाल, ब्राह्मण समाजका ब्यक्तिहरु, भण्डारा युवा समाजका ब्यक्तिहरु, हिन्दुराष्ट्र र राजतन्त्रबादी ब्यक्तिहरु दिलिप डल्लाकोटी, आनन्द रुवाली लगायतले बिगतमा पृथ्वीनारायण शाहले गरेका कार्यहरु सम्झदै हिन्दुराष्ट्र र राजतन्त्रका पक्षमा बोलेका थिए ।

Advertisements

कार्यक्रम शाही युवा शक्ति नेपाल जिल्ला समिति चितवनका अध्यक्ष सन्जय सेढाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शाही युवा शक्ति नेपाल जिल्ला समिति चितवनले आज पूर्वि चितवनका विभिन्न ठाउमा गरेको कार्यक्रममा हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा अवरात्र खटिरहने पूर्वी चितवनका ६ जना ब्यक्तिहरुलाई सम्मान समेत गरीएको छ । राप्ती नगरपालिका ८ का मोतीराम कडेल, सोही ठाउका बालकृष्ण सेढाई, खेमराज सेढाई, कोमल प्रसाद पाठक, भद्र प्रसाद सेढाई, खैरहनी नगरपालिका १० का खडक प्रसाद पाण्डे लगायतलाई सम्मान गरीएको हो ।

LEAVE A REPLY