पृथ्वीनारायणको अपव्याख्या नगर्न आग्रह !

0
178

सुरक्षा न्यौपाने भरतपुर, २७ पुस । राष्ट्र निर्माता पृथ्वीनारायणको योगदानको अपव्याख्या गर्न नहुने इतिहास विदहरुले बताएका छन् । पृथ्वीनारायण शाह देशको गौरव र पहिचान भएकाले यसलाई सबैले आत्मसाथ गर्नुपर्ने बिज्ञहरुको तर्क छ । संस्कृति तथा इतिहासका अध्यक्ष डा. रमेश ढुंगेलले राष्ट्र निर्माता पृथ्वीनारायणको योगदानको चर्चा गर्दै गणतन्त्र पछि आफुलाई अग्रगामी ठान्ने शक्तिले इतिहासलाई सम्मान गर्न नसकेको आरोप लगाए । स्वतन्त्र विचार समाज नेपाल भरतपुरले शुक्रबार आयोजना गरेको राष्ट्रिय एकता र चूनौती विषयक विमर्श कार्यक्रममा उनले पृथ्वीनारायण शाह शासक र राजा मात्रै नभई राष्ट्रनिर्माता भएकाले उनको योगदानको अवमूल्यन गर्न नहुने बताए ।
कार्यक्रममा प्रदेश–३ का सांसद गीता वाग्लेले राष्ट्रिय एकता मजबुत बनाउन अभियानै चलाउनुपर्ने बताइन् । पूर्वसांसद रामकृष्ण घिमिरेले नेपाल एकिकरण गर्ने बहादुरका रुपमा पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा प्रा.डा. चुणामणी बन्धु, बासुदेव त्रिपाठी, कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, पृथ्वीमान गुरुङ, संस्थाका प्रवक्ता एलबी क्षेत्री लगायतले मन्तव्य राखे । कार्यक्रम समाजका अध्यक्ष दिलबहादुर बोगटीको अध्यक्षतामा भएको हो ।

Advertisements

LEAVE A REPLY