प्रदेश ३ सरकार जेष्ठ नागरिकप्रति संवेदनशील : मुख्यमन्त्री पौडेल

0
224

हेटौँडा, २७ पुस (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार ज्येष्ठ नागरिकप्रति संवेदनशील भएको बताउनुभएको छ ।

Advertisements

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वस्थ्य निर्देशनालयद्वारा आयोजित मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर तथा वृद्धवृद्धालाई राहत वितरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले ज्येष्ठ नागरिकको सम्मान गर्न प्रदेश सरकार पछि नहट्ने बताउदै उनीहरुको योगदानको कदर गरिनुपर्ने बताउनुभयो ।

निर्देशनालयले आश्रममा स्वास्थ्य शिविरसहित रु तीन लाख बराबरको राहत सामग्री तथा औषधि वितरण गरेको थियो । निर्देशनालयले आश्रमका का ३० वृद्धवृद्धाका लागि एउटा वाटर गार्डसहित प्रत्येकलाई चिसोबाट जोगाउने लत्ताकपडा, बाक्सा, टर्चलाइट, जुत्ता, टोपी, हटवाटर ब्यागलगायतका रु एक लाख १७ हजार ५०० बराबरको सामग्री तथा रु दुई लाख ११ हजार बराबरको विभिन्न किसिमका औषधि उपलब्ध गराएको थियो । रासस

LEAVE A REPLY