चितवन महोत्सबमा म फोहोर गर्दिनः हस्ताक्षर अभियान

0
304

भरतपुर पुष २८ । नारायणी नदि किनारमा जारी १२ औँ संस्करणको चितवन महोत्सबमा म फोहोर गर्दिन र मेरो फोहोर आँफैले ब्यबस्थापन गर्छु भन्दै हस्ताक्षर संकलन गरिएको छ । करिब साढे २ बर्ष देखि सरसफाई क्षेत्रमा काम गर्दै आएको चितवनको अग्रहणी संस्था वे गु्रपले सार्बजनिक स्थलमा हुने फोहोरलाई कमी गर्ने उद्देश्यले हस्ताक्षर संकलन गरिएको वे ग्रुपका संयोजक भोज नारायण कँडेलले जानकारी दिए ।

Advertisements

सार्बजनिक स्थल तथा सडक छेउछाउमा हुने फोहोरलाई न्युनिकरण गर्ने उद्देश्यले महोत्सबमा कामना सेवा बिकाश बैंक, उद्योग बाणिज्यसंघ चितवनको सहकार्यमा सचेतना स्वरुप बिभिन्न श्रब्य दृष्य सामाग्री समेत राखिएको छ । महोत्सबमा संकलन भएको हस्ताक्षरलाई महानगरमा बुझाईने संयोजक कँडेलले बताए ।

पछिल्लो समय सरसफाई सम्बन्धी धेरै कार्यक्रम भईरहे पनि महानगर क्षेत्रका सार्बजनिक स्थलमा फोहोर फाल्ने क्रम जारिनै छ । महानगरले सरसफाई सम्बन्धि कार्यक्रमलाई चुस्त दुरुस्त पार्नको निमित्त फोहोर गर्नेलाई जरिवाना तिराउने निर्णय गरेपनि कार्यन्वनमा समस्या भईरहेको छ ।

महोत्सब स्थलमा आयोजना गरिएको यो कार्यक्रमले गर्दा आँफ्नो फोहोर आँफैले ब्यबस्थापन गर्नु पर्छ भन्ने चेतना आम जनमानसमा आउने चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानको बिश्वास रहेको छ । वे ग्रुपले महोत्सबमा सय भन्दा बढि स्थानमा डस्टबिन राखेको छ । वे ग्रुपले महोत्सब स्थलमा आएर हस्ताक्षर गरे पश्चात गोला प्रथाबाट डस्टबिन उपाहारको समेत ब्यबस्थापन गरिएको अभियान्ता यमलाल भण्डारीले बताए ।

महोत्सबमा वे ग्रुपले प्रयोगमा आईसकेका र पुनः प्रयोगमा आउन नसक्ने बस्तुबाट निमार्ण गरिएका सामाग्रीलाई पनि प्रतियोगितात्कम रुपमा सञ्चालन गरेको छ । महोत्सब अबधिभर त्यस्ता बस्तु मार्फत बनेको सामाग्रिबाट बनेका उत्कृष्ट सामाग्रिलाई पुरस्कारको ब्यबस्थापन गरिएको अभियानता सबिना कंडेलले बताईन । हस्ताक्षर अभियान महोत्सबको सचिबालय नजिकैको स्टलमा जारी छ ।

LEAVE A REPLY