’बिगतका गल्ती बाट पाठ सिकेर कांग्रेस बलियो बनाऔ’

0
240

चितवन पुष ३० । नेपाली काङ्ग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पार्टीको केन्द्रीय समितीमा समानुपातिक प्रतिनिधित्वको ब्यबस्था गरिएको बताएका छन । भरतपुर १० ले आयोजना गरेको अन्तरक्रियामा उनले तेत्तीस प्रतिशत महिलाको प्रतिनिधित्व गराउने पहिलो पार्टी नेपाली काङ्ग्रेस भएको समेत दाबी गरे । उनले पार्टीलाई मजबुत बनाउन तल्लो तहदेखी प्रयास हुनुपर्नेमा जोड दिए । 
सोही कार्यक्रममा जिल्ला सचिव उत्तम जोशीले चितवनको नेतृत्वले बिगतमा गरेको गल्तिको जिम्मेवारी आफुहरुले लिनुको बिकल्प नरहेको बताए । जिल्लामा दुई वटा कमजोरी भएको उनको भनाइ छ । ञस्थानीय चुनावमा केन्द्रले गरेको गल्ति सच्याउन आग्रह गर्नु को साटो गल्तिको अनुमोदन गर्नु गम्भीर भुल भएको हो । संघीय चुनावमा राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेलाई भोट हाल्न लगाउनु पनि अर्को भुल हो ।झउनले भने,ञअब गल्तिबाट पाठ सिक्न जरुरि छ ।“
कार्यक्रममा पुर्व शिक्षा राज्यमन्त्री शेसनाथ अधिकारीले महासमिति बैठक बाट प्राप्त उपलब्धीलाइ रक्षा गर्दै कांग्रेसलाइ अब्बल बनाउन आवस्यकता औल्याए । कार्यक्रम कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठको प्रमुख अतिथ्यता र जिल्ला सचिव उत्तम जोशी, नेता टेक प्रसाद गुरुङ, रामकृष्ण घिमिरे, टिका राम न्यौपाने, शेषनाथ अधिकारी लगाएतको बिशिस्ठ आतिथ्यतामा सम्पन्न भयो ।

LEAVE A REPLY