महानगरले एकाबिहानै गर्यो सरसफाइ !

0
172

चितवन ३० पौष । भरतपुर महानगरपालिकाले आज पश्चिम चितवनको पर्साढाप क्षेत्रमा सरसफाई गरेको छ। यहाँ स्थित शिवालय पार्क र बजार वरपर सफाइ गरिएको हो ।

Advertisements

अभियानमा भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदी,वार्ड नम्बर २७ का वडाध्यक्ष गोविन्द तामाङ, वातावरण शाखाका अधिकृत शुशिला रेग्मी, वन शाखा सहायक अधिकृत अञ्जली अधिकारी, सरसफाइ सुपरभाइजर अभय तिमिल्सिना, चितवन पर्यटन विकास समिति का सचिव विश्व सुवेदी,राप्ती तटिय क्षेत्र सरसफाइ अभियान का संयोजक अपिल घिमिरे ,पर्यटन व्यवसायी बिष्णु पौडेल स्थानीय समाजसेवी, बुद्दिजीवीहरू , टोल विकास संस्था लगायतको उपस्थिति रहेको थियो ।

सफा र स्वच्छ महानगर निर्माण गर्न यो सचेतनामूलक सरसफाइ अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी ले बताउनुभयो । आफ्नो क्षेत्रमा आफै सक्रिय भएर सरसफाइ राख्न आग्रह गर्दै उहाँले महानगर का सबै बासिन्दा मिले मात्र हाम्रो र राम्रो महानगरपालिका बनाउन सकिने बताउनुभयो । महानगरले हरेक सोमबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

अभियानका क्रममा धेरै जसो प्लास्टिक जन्य पदार्थ, गुट्खा तथा जङ्क फूडका खोलहरू ,रक्सीका बोतलहरू संकलन गर्ने गरिएको छ । महानगर क्षेत्र सरसफाइ राख्न केही संस्थाहरु र अभियन्ताहरू क्रियाशील रहेको भएपनि अभियान प्रभावकारी हुन सकेको छैन ।

LEAVE A REPLY