पर्यटन प्रबद्दन, ब्यापार र चितवन महोत्सव !

0
285

चितवन ।  नारायणी नदि किनारमा जारि १२ औ सस्करणको चितवन महोत्सव जारी छ । भ्रमण बर्ष सन् २०२० लाइ लक्षित गरि चितवनको पर्यटन र यसको सम्भावनालाई उजागर गर्न महोत्सव आयोजना गरिएको हो । नारायणी नदि किनारमा पौष २५ देखि सुरु भएको महोत्सव माघ ४ गते सम्म चल्ने छ । महोत्सवमा ५ सय ७१ वटा स्टल छन् । २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ ।
गेटदेखि नै आकर्षक ः चितवन महोत्सवको प्रवेशद्धारमा झल्किएको चितवन
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा चितवन महोत्सवले पनि पर्यटकीय गतिविधिलाई जोड दिइएको छ । १२औं चितवन महोत्सवको मूल प्रवेशद्धार बाट नै चितवनको पर्यटकीय गतिविधि झल्किएको देखिन्छ । मूल प्रवेशद्वारमा समेटिएका दृश्यले जो कोहीलाई पनि मोहित तुल्याउँछ । यसपटक चितवन महोत्सवलाई पर्यटन केन्द्रित बनाइएको छ ।
पर्यटनलाई केन्द्र विन्दुमा राखेर आयोजना गरिएको महोत्सवको प्रवेशद्धार नै चितवनको पर्यटकीय चिनारी बोकेको छ । चितवनको सात वटै स्थानीय तहका १० वटा पर्यटकीय स्थानलाई प्रवेशद्धारको माथिपट्टि फोटो मार्फत कलात्मक ढंगले देखाइएको छ । सौराहा, बीसहजारी ताल, देवघाटधाम, पटिहानी जीप सफारी, लामो झरना, मेघौली, कसरा, वाल्मिकी आश्रम, सिन्ती झरना र सिलाईचुलीकोे दृश्यलाई समेटिएको छ ।
यसले चितवनको पर्यटकीय क्षेत्र र पयर्टन विकासको सम्भावनालाई देखाउँछ । महोत्सव आउने पर्यटकलाइ समग्र चितवनको पर्यटकीय केन्द्रको जानकारीकोे लागि यस्तो अभ्यास गरिएको हो । बन्यजन्तु, ताल र वनक्षेत्रका तस्बिरहरुले प्रवेशद्धारलाई थप श्रृंगारीएको छ । महोत्सवभित्र जाने र आउने छुट्टाछुट्टै बाटोमा हात्तीका दुईवटा मूर्ति कुँदिएका छन् । मूल गेटबाटै महोत्सवका आकर्षणहरु देख्न सकिन्छ । जहाँ महोत्सव अवलोकनकर्ताहरुलाई तस्बिर र सेल्फी खिच्न भ्याइनभ्याइ छ ।

Advertisements

पर्यटन प्रवद्र्धनका लागि स्टल
५ सय ७० वटा स्टल रहेको महोत्सवको मुख्य उद्देश्य भनेको चितवनको पर्यटन क्षेत्रहरु विकास गर्नु र ती क्षेत्रहरुलाई चिनाउनु नै हो । चितवनलाई पर्यटनको दोस्रो गन्तव्य बनाउन महोत्सवमा त्यही अनुसारको काम भएको देखिन्छ । चितवन महोत्सवमा रहेका केही स्टलहरु विशेष रुपमा नै पर्यटकयि गतिविधि झल्कने गरि सझाईएको छ । स्थानीय स्तर बाट नै महोत्सवको माध्यमबाट पर्यटकीय क्षेत्र चिनाउन सकिने उद्देश्यले स्थानीयहरु सक्रिए भएको देखिन्छ ।
धार्मिक पर्यटन प्रवद्र्धनका लागि माडी नगरपालिकाको संयोजनमा माडी नगर विकास समितिले पनि महोत्सवमा स्टल राखेको छ । माडीको पर्यटकीय क्षेत्रको प्रर्वद्धन र प्रचार प्रसारको लागि महोत्सवमा स्टल राखिएको समितिका सचिव गोविन्द न्यौपाने बताउँछन् । चितवनको हरियो वन भित्रको स्वर्ग माडीको प्रचारप्रसारमा महत्वपुर्ण भुमिका निर्वाह लिनेमा माडीका स्थानीयहरु ढुक्क छन् ।
सोमेश्वर गढी पर्यटन विकास माडी नगरपालिका सरकारले छनोट गरेको नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु मध्यको एक हो । माडी नगर विकास समितिको उक्त स्टलमा ख्याती कमाएका चित्रकारहरुले बनाएको माडीको पहिचान झल्कने क्यानभासका कलात्मक २६ वटा चित्र, माडीको विषयमा लेखिएको ब्रोसर र पम्फलेटहरु राखिएको छ । जसमा माडीमा सोमेश्वर क्षेत्र, पाण्डवनगर क्षेत्र, वैकुण्ठताल क्षेत्र, गोद्दक क्षेत्रलगायतका दर्जनौ पर्यटकीय स्थलहरु रहेका छन् ।
यस्तै सरकारले छनोट गरेको नयाँ सयवटा पर्यटकीय स्थलहरु मध्यको चितवनकै पटिहानी पर्यटकीय क्षेत्रको पनि महोत्सवमा विशेष स्टल राखिएको छ । पटिहानी पर्यटन सूचना केन्द्र भरतपुर २२ को उक्त स्टलमा पटिहानीको पर्यटकीय स्थलहरुलाई भिडियो, ब्रुसर र पम्पलेटहरु चिनाउन र देखाउन खोजिएको छ । माडी र पटिहानीको जस्तै गरि विभिन्न होटल स्थानीयहरुले पनि महोत्समा पर्यटन भित्र्याउने गतिविधिलाई तिब्रता दिएको पाईन्छ । यस अघि महोत्सवकै अवसरमा उद्योग वाणिज्य संघ चितवनले नेपाली र अंग्रेजी दुवै भाषामा रहेको पर्यटक गाइड बुक पनि विमोचन भएको छ ।
सांस्कृतिक घरहरु
१२ औं चितवन महोत्सवको आकर्षकको रुपमा सांस्कृतिक घरहरु पनि पर्ने गरेको छ । महोत्सव स्थलमा आदिवासी जनजातिको पहिचान झल्कने नमूना घरहरुको निर्माण गरिएको छ । महोत्सवमा कुमाल जाति , चेपाङ जाति, बोटे जाति, दरै जातिको जातीय घरहरू प्रदर्शन गरिएको छ । महोत्सव स्थलमा नेपाल आदिवासी जनजाति महासंघ चितवनको संयोजनमा ती घरहरु निमार्ण गरिएको हो । निर्माण भएका घरहरुमा उनीहरुका संस्कार र संस्कृति अनुसारको परम्परागत सामग्रीहरु समेत राखिएको छ । महोत्सव अवलोकन गर्न आउने नयाँ तथा पुराना पुस्ताहरुले उक्त घरहरुलाई विशेष महत्वको साथ अवलोकन गरेको देखिन्छ । विभिन्न जातजातीको भेषभुषा लगाएर फोटो खिच्न सकिने व्यवस्था समेत आयोजकले गरेको छ ।

महोत्सवमा चिडिया घर
महोत्सव स्थल भित्र कृत्रिम चिडियाघरमा नेपालमा रहेका दुर्लभ वन्यजन्तुहरुको आकृति सजाएर राखिएको छ । कृत्रिम चिडियाघरमा अवलोकनकर्ताहरुले जनावरको स्वरुपमात्र होइन, उनीहरुको आवाजसमेत सुन्न पाउँछन् । कृत्रिम चिडियाघरमा २० प्रकारका वन्यजन्तुहरुको स्वरुप देख्न पाइन्छ । विश्वमै लोपोन्मुख प्रजातिका वन्यजन्तु पाईने चितवनमा कंगनरु, जिराफ, पाण्डा जस्ता जनावारहरु चितवन महोत्सवमा छन् । यि संगै नेपालमा पाईने हात्ती, गैंडा, बाघ पनि रहेका छन् । जंगलमा पाईने अनौठा जीवजन्तु, चराचुरुङी महोत्सवमा एकै साथ महोत्सवमा हेर्न सकिन्छ ।

जनचेतना जगाउन विद्युत परिसर
विद्युत व्यवसायी संघ चितवनद्धारा चितवन महोत्सवमा संचालित इलेक्ट्रिक परिसरमा उत्साहजनक सहभागिता देखिएको छ । नविनतम प्रविधियुक्त विद्युतीय साम्रागीहरुको प्रर्दशन भएकाले पनि यस परिसरमा सहभागीता बढेको देखिन्छ । विशेषत गुणस्तरीय विद्युतीय सामाग्रीहरुको मात्र प्रर्दशनी रहेको यस परिसरमा अवलोकनकर्ताहरुले सामाग्रीको मुल्य, गुणस्तर, वारेन्टीका सम्बन्धमा बढि जिज्ञासा राख्ने गरेको विद्युत व्यवसायी संघ चितवनका अध्यक्ष शशिधर लामिछाने बताउँछन् । उनको अनुसार महोत्सवमा इलेक्ट्रिक इन्जिनियर, विद्यार्थी, इलेक्ट्रिसियन, उपभोक्ता लगायतको उत्साजनक सहभागीता रहेको छ । संघले यस परिसरलाई आम उपभोक्तामा जनचेतना बढाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डेड सामाग्रीको जानकारी दिने परिसरको रुपमा प्रचार गरेको छ । १२ औं चितवन महोत्सवमा इलेक्ट्रिक संघले लगातार तेस्रो यस इलेक्ट्रिक परिसर राखेको हो । महोत्सवमा विद्युतीय सामाग्रीको उत्पादनकर्ता, व्यवसायी, उपभोक्ताबीच उर्जा व्यवस्थापन तथा उर्जा कुशलता, विषयमा विशेष गोष्ठी हुनेछ । जहाँ सुरक्षात्मक उपकरण, स्मार्ट टेक्नोलोजी, विद्युत खपत कम गर्ने विद्युतीय सामाग्रीको गुणस्तर, सुरक्षा विषयमा छलफल हुनेछ ।

चितवन महोत्सवमा केराका परिकार
चितवन महोत्सवको स्टल नं ५५७ जहाँ चितवन केरा उत्पादक संघद्धारा उत्पादित केराका परिकारहरुको स्टल छ । पहिलो दिन बाट नै उक्त स्टलमा अवलोकनकर्ताको भिड लागेको देखियो । अवलोकनकर्ताहरु केराको परिकार खानका लागि तछाडमछाड गरिरहेको देखिन्थे । परिकार बनाउनका लागि १० जना भन्दा बढी ‘कुक मेन’ लाई भ्याईनभ्याई थियो ।
“केराका परिकार असाध्यै मन पर्छ, बिशेष गरि म केराको मःम खाने गर्दछु,” भरतपुर महानगरपालिका वडा न ६ बाट महोत्सव घुम्न आएका ज्ञान प्रसाद रिजालले भने,“शुद्द शाकाहारीका लागी त केराका परिकार निकै उपयोगी पाएँ ।” चितवन महोत्सव मै पटक पटक आएर खाने गरेको रिजालले सुनाए । केरा खेतीको पहिचान कृषिमा नयाँ अभियान भन्ने सोच सहित सुरु गरिएको यस अभियानले साच्चै केरा खेतीले देखिएको नयाँ सम्भावना हो । स्टलमा केराको मःम, पकौडा, चिप्स अचारको प्रति ८० रुपैयाँमा पाईने चितवन बनाना क्याफेका संचालक लक्ष्मण सुवेदीले बताए । चितवन महोत्सवमा २०६६ देखिको केराको परिकारको स्टल थियो । उपभोक्ताको सकारात्मक प्रतिक्रियाले यस परिसरमा २०६६ साल बाट यस अभियान लाई निरन्तरता दिई रहेको बताइयो ।
चितवन केराको लागि उपयुक्त भएकोले केरा उद्योगको प्रचुर सम्भावना पनि छ । चितवन महोत्सवले व्यवसायिक केरा खेतिको लागि विशेष भुमिका निर्वाह गरेको देखिन्छ ।

नया पत्रिकामा विवेक पोख्रेलले समाचार लेखेका छन्

LEAVE A REPLY