गोदावरी धामको विकासका लागि योजना ल्याइने : मुख्यमन्त्री भट्ट

0
220

धनगढी, ३० पुस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको गोदावरी धामलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन योजना ल्याइने बताउनुभएको छ ।

Advertisements

उक्त धाममा आजदेखि शुरु भएको बाह्रराशि दर्शन मकर मेलाको उद्घाटन गर्दै उहाँले प्रदेशको स्थायी राजधानी स्थापना हुने गोदावरीको विकासमा सरकारले ध्यान दिएको स्पष्ट पार्नुभयो । सो धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गरिने गोदावरी धाम विकास समितिको योजनासँगै आजदेखि सो मेला शुरु भएको हो ।

प्रत्येक वर्ष मकर सङ्क्रान्तिको अवसरमा खगोल शास्त्रीय विधिमा आधारित भई कुम्भ मेलाको प्रतीकका रुपमा उक्त मेलाको आयोजना गरिएको धामका अध्यक्ष एवं साहित्यकार पदमराज जोशीले बताउनुभयो । मेलाका क्रममा त्यहाँ रहेको कुम्भबाटिकामा बाह्रराशि र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्थासमेत गरिएको छ । चार वर्षअघि यो क्षेत्रमा एकमहीने ‘शहस्त्र कुम्भ दर्शन मेला‘ आयोजना गरिएको थियो ।
उक्त धाम क्षेत्रमा नदी, मठमन्दिर, धर्मशाला, बौद्ध गुम्बा रहेका छन् । मकर सङ्क्रान्तिका दिन सो क्षेत्रमा सदियौँदेखि मेला लाग्दै आएको छ । प्रदेशका सात पहाडी जिल्लाको मुख्य प्रवेश द्वार, धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको सो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरी रुपमा लिने गरिन्छ । रासस

LEAVE A REPLY