नेशनल सिटी हस्पिटलको नयाँ भवन शिलान्यास

0
198

विवेक पोखरेल, चितवन ३० पौष । नेशनल सिटी हस्पिटलको आफ्नै जमिनमा नयाँ भवन बन्ने भएको छ । भरतपुर चौविसकोठी नजिकै अस्पताल रोडमा बन्ने भवनको सोमबार एक कार्यक्रमको विच अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर निर्मल लामिछानेले शिलान्यास गरे । हस्पिटल संचालक समितिका अध्यक्ष प्रचण्ड लाल प्रधानका अनुसार नौ कठ्ठा दश धुर क्षेत्रफलको जमिनमा सय शैैयाको हुनेछ । हस्पिटल भुईं तला सहित साडे पाँच तल्लाको अस्पताल बन्ने छ । १८ महिना सम्ममा भव निर्माण सम्पन्न भई सक्ने प्रधानले बताए । हस्पिटलका प्रशासनिक प्रमुख विक्रम अधिकारीले चितवनमा नै पहिलो पटक नेपाल सरकारको भवन निर्देशिका अनुसार निजी अस्पतालको भवन बन्न लागेको बताए । उनले भने – “चितवनका निजि अस्पतालहरु मध्य हामिले सरकारी निर्देशिका भित्र रहेर भवन निर्माण गर्न लागेका छौ, हामीले निर्माण गर्ने भवन सरकारी मापदण्ड अनुसारको जग्गा र संरचना बन्ने छ ।”
२०६४ साल बाट नारयणगढमा स्थापना भएको हस्पिटल २०७२ सालमा स्थानान्तरण भईं चौविसकोठिको अस्पताल रोडबाट सेवा दिदै आएको छ । पब्लिक कम्पनीका रुपमा संचालित नेशनल सिटी हस्पिटलमा २०६ जनाको सेयर रहेकोछ । अहिले हस्पिटलबाट आकस्मिक सहितका युरोलोजी, गाईनेकोलोजी, आर्थोपिडिक, जनरल सर्जरी, प्रजनन, स्त्री तथा प्रसुति लगाएतका धेरै सेवा प्रदान हुदै आएकोछ ।

Advertisements

LEAVE A REPLY