विद्युतीय उर्जाको खपत बढाउनुपर्नेमा जोड

0
258
चितवन, ०१ माघ । समृद्ध नेपाल निर्माणका लागि विद्युतीय उर्जाको खपत बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । १२औँ चितवन महोत्सवको अवसर पारेर विद्युत व्यवसायी संघ चितवनले आयोजना गरेको उर्जा कुशलता तथा उर्जा व्यवस्थापन कार्यक्रममा सहभागीहरुले पेट्रोलीयम पदार्थको विस्थापनमा जोड दिएका थिए ।
कार्यक्रममा ईन्जिनियरिङ अध्ययन संस्थान काठमाडौँका प्राध्यापक डाक्टर अमृतमान नकर्मीले जल विद्युतको विकास नभएसम्म मुलुकको विकास हुनै नसक्ने बताए । सरकारले पेट्रोलीयम पदार्थमा अनुदान दिनुभन्दा जलविद्युतमा लगानी बढाउनुपर्नेमा नकर्मीले जोड दिए । पहिले विद्युतबाट सञ्चालन भएका ट्रली बस, रोप–वेजस्ता सवारी साधनहरु सञ्चालनमा सरकारले ध्यान नदिँदा बन्द हुने अवस्थामा पुगेको नकर्मीको भनाइ छ । नेपालमा विद्युतीय उर्जाको प्रवल सम्भावना भएर पनि पेट्रोलीयम पदार्थको भर परेका कारण नेपालले व्यापार घाटा व्यहोर्दै आएको नकर्मीले बताए । सो कार्यक्रममा उर्जाको चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै पशुपति इन्जिनियरिङ डेभलपमेन्ट कम्पनीका विजयमान सेञ्चुरीले दिगो विकासका लागि सरकारले जलविद्युतमा ध्यान दिनुपर्ने बताए । नेपालमा विद्युतीय उर्जा बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सेञ्चुरीले समृद्ध नेपालको लागि उर्जा विकास अपरिहार्य रहेको बताए ।
पेट्रोलीयम पदार्थको प्रयोग भन्दा विद्युतीय उर्जाको प्रयोग सस्तो र दिगो हुने भएकाले सरकारले यस तर्फ ध्यान पु¥याउनुपर्ने सेञ्चुरीको भनाइ थियो । विद्युत व्यवसायी संघ चितवनका अध्यक्ष शशीधर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेल प्रमुख अतिथि रहेका थिए ।

LEAVE A REPLY