चितवनको रत्ननगर नगरपालिकामा कर्मचारीलाई कडाइ

0
210

रत्ननगर, माघ १ । रत्ननगर नगरपालिकाले कर्मचारीलाई जनताको कामप्रति उत्तरदायी हुन निर्देशन दिएको छ । जनप्रतिनिधिको लागि आचासंहिता लागू गरे लगत्तै कर्मचारीलाई पनि कडाइ गरिएको हो ।

Advertisements

नगरपालिकाले बिहान ठिक १० बजे कार्यालयमा हाजिर हुन, कार्यालय अवधिभर बस्न, नेपाल सरकारले तोकेको पोसाक अनिवार्य लगाउन निर्देशन दिएको हो । नगरपालिकाले कार्यालय समयमा बाहिर जानु परेमा अनिवार्य रुपमा कार्यालय प्रमुखसँग अनुमति लिनुपर्ने र कार्यालय प्रमुख नभए शाखा प्रमुखलाई जानकारी गराई लगबुक भरेर मात्र बाहिर जान निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले बताए ।

१० बजेपछि कार्यालय आउने कर्मचारीको हाजिर गयल गरिने र उनीहरुको पारिश्रमिक कट्टा गरिने उनले बताए । कर्मचारीलाई जवाफदेही, जिम्मेवार र जनताको कामप्रति उत्तरदायी बनाउन कडाइका साथ निर्देशन दिएको उनले दाबी गरे । निर्देशन पालना नगर्ने कर्मचारीको हाजिरी गयल मात्र नभई जागिर जाने सम्भावना रहने उनले बताए । मेयर नारायण वनले नगरपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन कर्मचारीहरुलाई उल्लेखित नियम इमान्दारितापूर्वक पालना गर्न निर्देशन गरिएको बताए । उनले निर्देशन अटेर गर्ने कर्मचारीलाई कारबाही गरिने बताए ।

LEAVE A REPLY