दुई लाख बढीले अवलाकेन गरे चितवन महोत्सव

0
275

चितवन माघ १ । भरतपुर÷१२ औं चितवन महोत्सवको सातौं दिन आइपुग्दा दुई लाख बढीले महोत्सवको अवलोकन गरेकाछन् । मंगलबार माघे संक्रान्तीको दिन ६० हजार दर्शकले महोत्सवको अवलोकन गरेकाछन् । माघे संक्रान्तीको मेला भर्न देवघाट पुगेकाहरु महोत्सव अवलोकन गर्न आउने क्रमले निरन्तरता पाएकै कारण एकैदिन महोत्सव अवलोकन गर्नेको संख्या ६० हजार पुगेको टिकट व्यवस्थापन समिति संयोजक तारानाथ पाठकले जानकारी दिए । महोत्सवमा अवलोकनकर्ताको चाप बढ्दा नारायणगढ बजारका होटल तथा रेष्टुरेन्टमा समेत उपभोक्ताको चाप देखिएको थियो । माघे संक्रान्तीको दिन महोत्सव घुम्न आएकाहरु सांस्कृतिक कार्यक्रममा समेत निकै रुचिका साथ रमाइरहेका थिए ।नारायणी कला मन्दिरको समुहले चितवन परिचयको नृत्य प्रस्तुत गरेर सुरु भएको सांस्कृतिक कार्यक्रमा नेवाः तजिलजी पूचः दमौलीले कुमारी नाच, टाकटुके नाच, बाँसुरी नृत्य प्रस्तुत ग¥यो । यस्तै गुरुङ राष्ट्रिय परिषद र नेपाल मगर संघको सामुहिक नृत्य आकर्षक रह्यो । डिआइडी लिटिल मास्टरका प्रतियोगि बृन्दा दाहाल र बेली डान्सरको रुपमा प्रख्यात चितवनकी प्रमिला खनालको एकल नृत्यले दर्शकलाई मञ्च अगाडी टिकाउन सफल रहेको बेला मिलन लामाको लोकभाका गुञ्जिएसंगै दर्शकहरु नाच्न थाले । कार्यक्रममा चेतन सापकोटाका देशप्रेमले भरिएका गीतसंगित प्रस्तुत गरे ।

Advertisements

यस्तै मंगलबार सांस्कृतिक कार्यक्रममा आइएफसी इन्टरनेशनल फेशन कलेज चितवनको फेशन शो विशेष आकर्षण रह्यो ।विद्यार्थीहरुले तयार गरेका विभिन्न पोशाक लगाएर उनीहरु ¥याम्पमा उत्रिएका थिए ।

यसबीच राष्ट्रिय लोकदोहोरी प्रतियोगिता अन्र्तगत मंगलबार सेमिफाइनल चरण सकिएको छ । सेमिफाइनलमा चितवन “क” र दोहोरी प्रतिष्ठान धादिङ बीच दोहोरीको घम्साघम्सी परेको थियो भने नवलपुर र स्याङजा एक अर्कालाई हराउन कम्मर कसेर लागे । कुल ७ वटा जिल्लाका ८ समुहले सहभागिता जनाएको राष्ट्रिय लोक दोहोरी प्रतियोगिताको फाइनल बुधबार सम्पन्न हुने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल चितवनका संस्थापक अध्यक्ष शान्तकुमार पियाले जानकारी दिए । महोत्सव अन्र्तगत राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल चितवनले अन्तरजिल्ला लोक दोहोरी प्रतियोगिताको संयोजन गरेको हो । लोक दोहोरी प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार ४५ हजार, द्धितिय पुरस्कार ३५ हजार ,तृतिय पुरस्कार २५ हजार र सान्तवना पुरस्कार १२ हजार ५ सय पुरस्कारको व्यवस्था छ ।

उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा भएको महोत्सवलाई तेस्ला एअर कण्डिसले मुख्य प्रायोजन गरेको हो । महोत्सवमा यस पटक ५ सय ७२ वटा स्टल रहेको महोत्सवमा मेड इन नेपाल परिसर, पोल्ट्री परिसर, अटो परिसर, सुचना तथा प्रविधि परिसरको छुट्टै आकर्षण रहेको छ । महोत्सवमा परिसरमा आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरु बनाइएकाछन् । यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएकाछन् । २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

बृहत रक्तदान कार्यक्रम

१२ औं चितवन महोत्सव अन्र्तगत मंगलबार महोत्सव परिसरमा बृहद रक्तदान गरिएको छ । भिमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र स्याङ्जा नेवा गुठीले आयोजना गरेको रक्तदान कार्यक्रम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रक्तदान गरी शुभारम्भ गरिएको हो । कार्यक्रममा मेयर दाहालले मेडिकल सिटिका रुपमा विकास हुँदै गएको चितवनमा उपचारका लागि आउने जोकोहीको जीवन रक्षा मुख्य आवश्यक रहेको बताइन् ।देशकै मध्य भागमा पर्ने चितवनमा राजमार्गका घाइतेहरुको चाप समेत रहने भएकाले नियमित रक्तदानको आवश्यकता बढ्दै गएको बताइन ।भरतपुर महानगरपालिकाले रक्तदान कार्यक्रमलाई उत्प्रेरित गर्न विभिन्न निकाय तथा संघसंस्थाहरुलाई सहयोग गरिरहेको उनको भनाई छ । कार्यक्रममा रक्तदान गरेका चितवन महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानले रक्तदान गर्दा अर्काको जीवन रक्षासंगै आफ्नो स्वास्थय समेत राम्रो हुने भएकाले रक्तदान गर्न योग्य उमेर समुहले यसलाई नियमित बनाउन सक्नुपर्ने बताए । भरतपुर महानगरपालिका, स्वास्थ्य महाशाखा नेपाल रेडक्रस सोसाईटी भरतपुरको सहकार्यमा कार्यक्रम गरिएको हो । १२ औं चितवन महोत्सव स्वास्थ्य समिति संयोजक शिरिष पन्तको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा एक सय १२ जनाले रक्तदान गरेकाछन् । साथै ९८ जनाको निशुल्क मधुमेह परिक्षण गरिएको छ ।

LEAVE A REPLY