गणतन्त्र स्तम्भ निर्माणमा सर्वदलिय सहमति कार्यान्वयन गर्न कांग्रेस चितवनको ध्यानाकर्षण

0
450

चितवन माघ ०२ । भरतपुर १० चौबिसकोठीमा गणतन्त्र स्तम्भ निर्माणमा भएको सर्वदलिय समहती कार्यान्वयन हुनुपर्ने नेपाली कांग्रेस चितवनले माग गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै पार्टीले सर्वदलिय सहमति भएको गणतन्त्र स्तम्भ निर्माणमा अमुक व्यक्तिको शालिक राख्ने संचार माध्यममा समाचार आएको भन्दै आपत्ति समेत जनाएको छ । नारायणगढ नजिकै रहेको नगरवनलाई बिपी पार्कको रुपमा स्थापित गर्न सचेत गराएको छ । नारायणी नदि किनारमा प्रथम जननिर्वा्चित प्रधानमन्त्री बिश्वेस्वर प्रसाद कोइरालाको सम्झानामा प्रचलित रहेको बिपी शान्ति नगर वनको रुपमा बिकसित हुदै आएको साथै वडा न १० स्थित चौबिसकोठीमा गणतन्त्र स्तम्भ निर्माणमा सर्वदलिय सहमति भएपनि कुनै अमुक व्यक्तिको शालिक राख्ने संचार माध्यममा सुनिन आएकोमा यस प्रति गम्भीर धानाकर्षण भएको छ । पार्टी जिल्ला सचिव उत्तम जोशीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ । सर्वदलिय सहमति बिना यस्ता काम नगर्न पार्टीले माग समेत गरेको छ ।

LEAVE A REPLY