‘नार्क किसानसँग जोडिन सकेको छैन’ : कृषि मन्त्री खनाल

0
485

चितवन, २ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले केही समय पहिलेसम्म निक्कै सफल मानिएको कृषि वैज्ञानिकहरुको संस्था नेपाल कृषि अनुसन्धान परिषद् नार्क किसानसँग जोडिन नसकेको बताउनुभएको छ ।
राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरमा भएको कार्यक्रममा उहाँले नार्क अब सिधै किसानासँग जोडिनुपर्नेमा जोड दिनुभयो । प्रतिस्पर्धा गर्ने क्रममा केही वर्षअघि सम्म चीनबाहेकका सार्क राष्ट्रभन्दा अघि रहे पनि अहिले निक्कै पछि परेको उहाँको भनाइ छ ।

Advertisements

मन्त्री खनालले वैज्ञानिकलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । वैज्ञानिक बिना देश नचल्ने उल्लेख गर्दै उहाँले वैज्ञानिक र प्रविधि नेपाललाई चाहिएको बताउनुभयो । वैज्ञानिकसँग बजेटलाई जोड्ने तरिका पनि वैज्ञानिक नभएको आफूले महसुश गरेको भन्दै उहाँले त्यसलाई समाधानको बाटोमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

कृषि वैज्ञानिकले बजेटको कमी, ज्यामी ज्यालामा कटौती, यान्त्रीकरणमा बजेटको अभाव, गुणस्तरीय बीउ महँगो हुनु, पर्याप्त जनशक्तिको अभाव जस्ता समस्या रहेका बताएका छन् । नार्कका कार्यकारी निर्देशक डा टेकबहादुर गुरुङ, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसहितले अनुसन्धान केन्द्रका विभिन्न प्रयोगशाला र फार्मको अवलोकन गर्नुभयो ।

LEAVE A REPLY