व्यवसायीको हितमा कानुन ः सांसद कृष्णभक्त पोखरेल

0
316

काठमाडौं माघ २। प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलसँग नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय पदाधिकारीले वुधबार भेट गरेका छन् ।
नयाँ बन्न लागेका कानुनमा आफ्नो हक हितका विषयमा निर्माण व्यवसायीहरुले ध्यानाकर्षण गराएका थिए । निर्माण व्यवसायीहरुले स्वतन्त्र र सुरक्षित तरिकाले आफ्नो व्यवसाय गर्न पाउने गरी कानुनहरु बनाउनका लागि आग्रह गरिएको थियो । निर्माण व्यवसायीसँगको भेटमा चितवन प्रतिनिधिसभा क्षेत्र २ का सांसद समेत रहेका कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले व्यवसायीको हक हित र राज्यको सम्मृद्धि लक्ष्यसँग मेल खाने गरी कानुनहरु बन्ने बताएका थिए । सम्मृद्ध नेपाल र सुशी नेपालीको परिकल्पना अनुसार नै कानुनहरु बनिरहेको उल्लेख गर्दै सांसद् पोखरेलले व्यवसायीको अहित हुने गरी काम नहुने बताए । निर्माण व्यवसायीको सुरक्षा र स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउने अधिकारका विषयमा आफूहरु संवदनशील भएको समेत सभापति पोखरेलले बताए ।

Advertisements

LEAVE A REPLY