सरकारद्धारा पानी जहाज कार्यालय स्थापना,रेलगाडी किन्न मन्त्रालयलाई स्वीकृति

0
223

काठमाडौं,माघ ३ । सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिए । सरकारले जनकपुर-जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गरी तयारी भइरहेको छ ।

Advertisements

यसैबीच, सरकारले पानी जहाज कार्यालय पनि स्थापना गर्ने भएको छ । सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको मन्त्री बास्कोटाले बताए ।

LEAVE A REPLY