तिम्रो ग्रुपको ‘युथ इन्फ्लुएन्स टक शो’ सुरु हुदै

0
279

चितवन माघ ३ । युवा शशक्तीकरणको लागि ‘युथ इन्फ्लुएन्स टक शो’ हुने भएको छ । ‘तिम्रो ग्रुप’ नामक संस्थाको आयोजनामा यही माघ ५ गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम बारे जानकारी गराउन बिहीवार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ‘तिम्रो ग्रुप’ का अध्यक्ष सौगात तिवारीले यो कार्यक्रम युवाहरुलाई लक्षित गरेर आयोजना गर्न लागिएको बताए । उनले टक शो को वार्षिक रुपमा ६ वटा श्रृंखला हुने बताउदै ५ गते त्यसैको पहिलो श्रृंखला हुन लागेको जानकारी दिए । पहिलो श्रृंखला मदन पुरस्कार बिजेता राधा पौडेल आतिथ्यतामा हुने आयोजकले जनाएको छ । पौडेल पेशाले नर्स हुन् भने उनिले ‘खलङगामा हमला’ नामक कृतिबाट मदन पुरस्कार समेत जित्न सफल भएकी थिईन् ।

Advertisements

शनिबार हुने कार्यक्रमको पहिलो श्रृंखलामा पौडेलको जीवन संघर्ष र सफलताको कथाबाट युवाहरुलाई उत्प्रेरित गरिने मिडिया संयोजक समिर चापागाईले बताए । पौडेलको कथा सुने पछी युवाहरु आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तीको लागि उत्प्रेरित हुने विश्वास रहेको चापाईगाईको भनाई रहेको छ । युवाहरुमा रहेको अन्तरनिहित प्रतिभा र क्षेमताबाट अलग पहिचान बनाउन उत्प्रेरित गर्नु नै आफुहरुको मुख्य लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा १ सय भन्दा धेरै युवाहरुको उपस्थिती रहेको आयोजकको अनुमान रहेको छ । होटल अशोका भरतपुरमा बिहान ११:३० देखी सुरु हुने कार्यक्रमको लागि प्रवेश शुल्क १ सय रुपैया तोकिएको छ ।गत बर्षको पौषमा स्थापना भएको ‘तिम्रो ग्रुप’ ले यस अघी पनि युवा शशक्तिकरण र उद्दमशिलताको लागि युवा लक्षित कार्यक्रमहरु गरिसकेको छ । गत बैशाखमा मात्रै उक्त सामाजिक संस्थाले चितवनमा नै पहिलो पटक उद्दमी युवा सम्मेलन आयोजना गरेको थियो । A2Zsamachar मा खवर छ ।

LEAVE A REPLY