चौधरी फाउण्डेसनद्वारा कृतिम खुट्टा वितरण

0
237

नवलपुर माघ ०३ । चौधरी फाउण्डेसनले सहज सामुदायिक अस्पताल, गैंडाकोट संगको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण शुरू गरेको छ । दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाउनु परेका नागरिकहरू यसबाट लाभान्वित हुनेछन् ।

Advertisements

एक विशेष समारोहकाबीच नवलपुरको गैडाकोट स्थित सहज सामुदायिक अस्पतालमा चौधरी फाउण्डेसनका अध्यक्ष एवं माननिय प्रतिनिधी सभा सदस्य विनोद चौधरीले कृतिम खुट्टा वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो । उक्त अवसरमा चौधरी फाउण्डेसन, सहज सामुदायिक अस्पतालका पदाधिकारी÷सदस्य, सांसद, स्थानिय सरकारका जनप्रतिनिधी, समाजसेवी, नागरिक समाज एवं निजी क्षेत्रको उपस्थिती रहेको थियो । Image may contain: 2 people, people on stage

चौधरी फाउण्डेसन, भगवान महाविर विकलाङ्ग सहायता समिति, सहज सामुदायिक अस्पताल तथा भारतीय दुतावासको संयुक्त आयोजनामा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम संचालनमा आएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखी ३० गते सम्म र दोस्रो चरणमा नवलपुरको गैंडाकोट स्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि ४५ दिनसम्मका लागि यो शिविर सञ्चालनमा रहनेछ । दुवै ठाउ“बाट ५०० व्यक्तिहरूका लागि निशुल्क कृतिम खुट्टा उपलब्ध गराउने योजना छ ।

कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले नवलपुर आफ्ना लागि सदैव विशेष महत्वको स्थान रहेकाले चौधरी फाउण्डेसनले समाजिक कामहरूका लागि यस जिल्लालाई पहिलो प्राथमिकतामा राख्दै आएको बताउनु भयो ।

चौधरी ग्रुपद्वारा संचालित देशकै नमूना औद्योगिक क्षेत्र सिजी इन्डष्टियल पार्क र शाश्वत धाम नवलपुरमै रहेको छ । नवलपुर जिल्लाको समग्र विकासमा चौधरी फाउण्डेसनले विशेष पहल लिदै आएको छ ।

मानव सेवा आफ्नो व्यवसायको अभिन्न अंग रहेको बताउंदै व्यवसायिक सफलताका लागि समाजबाट आफुले धेरै कुरा प्राप्त गरेको भन्दै अब आफ्नो जिम्मेवारी समाजलाई फिर्ता गर्नु रहेको बताउनुभयो । मलाई नेपाली समाजले धेरै कुरा दिएको छ । त्यसैले यो समाजका लागि योगदान गर्नु मेरो महत्वपूर्ण जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भन्नुभयो, ‘अहिले सम्मकै उत्कृष्ट कार्यका रुपमा यस मानविय सेवालाई मैले लिएको छु ।’

अध्यक्ष चौधरीले नवलपुर जिल्लाको सहज सामुदायिक अस्पतालमा नै स्थाई रुपमा कृतिम खुट्टा उपलब्ध गराउने योजना कार्यान्वयनका लागि सरकारस“ग सहकार्यको प्रस्ताव पनि गर्नु भएको छ । सरकारको साथ पाएमा आफुले दिगो रुपमा यो कार्यक्रम नेपालमा संचालन गर्ने र सेवा आवस्यक रहेका सम्पूर्ण नागरिकलाई यो सेवा उपलब्ध गराउन सकिने विश्वास ब्यक्त गर्नुभयो । एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवस्यकता रहेको छ ।

‘खुट्टा गुमाएका व्यक्ति हिडडुल गर्न नसक्ने मात्रै होइन, उसको सारा जीवन नै समस्याबाट गुज्रिएको हुन्छ ।’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘उसका लागि खुट्टा पाउनु भनेको जीवनलाई नै उज्यालो बाटोमा प्रवेश गराउनु हो ।’ एउटा व्यक्तिले कृतिम खुट्टा पाउनु भनेको उसले नया“ जीवन पाउनु त हो नै राष्ट्रले समेत सवल नागरिक पाउनु हो भन्दै यस्तो उत्कृष्ट मानवसेवाको काममा संगल्न हुन पाएकोमा आफुलाई गौरवको अनुभूति भएको उहा“ले बताउनुभयो ।

भारत स्थित जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृतिम खुट्टा उपलब्ध गराउने सस्था हो । र, यो विश्वब्यापी रुपमा प्रतिष्ठित संस्था पनि हो । अमेरिकी टाईम म्यागेजिनले यस संस्थाको सेवालाई विश्वकै उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाका रुपमा अवार्ड गरेको छ ।

खुट्टा गुमाएका व्यक्तिहरुका लागि कृतिम खुट्टा उपलब्ध गराउने विशेष सेवा प्रदान गरेर चौधरी फाउण्डेसनले मानवीय सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको टिप्पणी उक्त कार्यक्रमका वक्ताहरुले गर्नुभयो । यस्तो सेवालाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट आवस्यक सहयोग हुनुपर्नेमा वक्ताहरुले सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । सो कार्यक्रममा प्रदेश सभा सांसद कृष्णचन्द्र नेपाली, सांसद विष्णु लामिछाने, १००८ स्वामी रमणानन्द गिरीजी महाराज, जिल्ला समन्वय समिति प्रमुख चेसराम आले, गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णु कुमारी कंडेल सापकोटा, डा. पि.के.जैन, करुणासागर सुबेदी, रामचन्द्र धिताल लगाएतले मन्तब्य राखेका थिए । सहज सामुदायिक अस्पतालका अध्यक्ष तिर्थराज रिमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन लक्ष्मी भट्टराईले गर्नु भएको थियो ।

मुलुककै कान्छो जिल्ला नवलपुरको समग्र विकासको लागि जिल्लाका विकास साझेदार समुह संगको परामर्शमा सहमति संस्था, जिल्ला समन्वय समिति संगको समेत सहकार्यमा नमुना नवलपुर जिल्ला विकास योजना, परिकल्पना दस्तावेज २०७५ सार्वजनिक गर्दै फाउण्डेसनले गरेका प्रतिबद्धता कार्यान्वयनका लागि यस कार्यक्रमको सुरुवात भएको हो । उक्त दस्तावेजमा रहेका विभिन्न क्रियाकलापहरु मध्ये गुणस्तरीय शिक्षाका लागि विभिन्न विद्यालयहरुमा डिजिटल कक्षा, शुद्ध खानेपानी प्रणाली आदि कार्यक्रम पनि फाउण्डेसनले कार्यान्वयनमा ल्याएको छ ।

LEAVE A REPLY