प्राक्टिकल जापानिज कम्युनिकेशनको बिज्र परिक्षा अनलाईन प्रणाली सुरु

0
296

चितवन माघ ०४ । जापानको अध्यागमन विभागले मान्यता दिएको प्राक्टिकल जापानिज कम्युनिकेशन (पिजेसी ) बिज्र परिक्षा अनलाईन मार्फत दिने ब्यवस्था अव चितवनमा पनि शुरु हुने भएको छ ।

Advertisements

नेपालमा नै पहिलो पल्ट जापनिज भाषाको अनलाईन बाट परिक्षा लिने जिम्मा पाएको मोग सर्भिस प्रा.लि नेपालले काठमाण्डौ पछि यहि फेब्रअरी १० बाट परिक्षा लिने तयारी गरेको शुक्रवार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । यस अघि कागजमा मात्र परिक्षा लिने र नतिजा थाहा पाउन पनि धेरै समय लाग्ने अवस्थालाई अन्त्य गर्दै मोग सर्भिसले २०१८ डिसेम्वर १२ देखि काठमाडौमा यो परिक्षा संचालन गरेको हो । नेपाल सरकारले जापान जानको लागि सहजता गर्ने तयारी गरिरहेको समयमा चितवन सहित आसपासका जिल्लामा रहेका सेवाग्राहीहरुलाई सेवा दिने उद्धेश्यले २ महिनामा ३ पटक यो परिक्षा चितवन जिल्लामा नै लिने तयारी भएको मोग सर्भिसका सिईओ ओमहरि प्रजापतिले जानकारी दिनु भएको हो ।

जापानिज भाषा सिकाउने चितवनका १८ शैक्षिक परामर्श संस्थाहरुको सहयोगमा परिक्षा संचालन गरिने तयारी भएको पीजेसी ब्रिजको लागि प्रति विद्यार्थी ३ हजार ५ सय शुल्क लाग्ने जानकारी दिईएको थियो । जापानमा सटिफाई ईन्कले सन् २०१३ बाट पिजेसी परिक्षा सन् २०१५ बाट पिजेसी ब्रिज परिक्षा संचालन गरेको हो । परिक्षा दिएको दिनमा नै नतिजा थाहा पाउन सकिने जापानिज भाषा परिक्षामा ऐन ३ देखि ऐन ५ सम्मको परिक्षा एकै साथ दिन सकिने समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

LEAVE A REPLY