युनिक क्लबको अबको ध्यान–सार्बजनिक स्थलको फाहोर मैला ब्यबस्थापन

0
314

रत्ननगर, माघ ५ । आँफ्नो गाँउ तथा टोलमा हुने गरेको फोहोर मैलालाई ब्यबस्थापन गर्दै आएकोे युनिक युवा क्लबले बृहत रुपमा फोहोर मैला ब्यबस्थापन सम्बन्धी कार्यक्रम गर्ने भएको छ । रत्ननगर वडा नम्बर १० मा रहेको युनिक युवा क्लबले गाँउ टोलमा मात्रै सिमित नभई नगरपालिका भित्र रहेको शार्बजनिक स्थलहरुमा पुगेर फाहोर मैला ब्यबस्थापनको काम गर्ने क्लबका सचिब सुदिप पाण्डेले बताए । क्लबको शनिबार भएको प्रथम बार्षिक साधारण सभामा समाजकालागि गरिने सामाजीक कार्यक्रम अनर्तगत रहेर सरसफाईको क्षेत्रलाई चुनेको पाण्डेले बताए । क्लबले अहलिे सम्म सरसफाईको क्षेत्रमा वडा भित्रका बिभिन्न स्थानमा डस्टवीन तथा स्ट्याण्ड राखिसकेको क्लबकी सदस्य श्रिसा पौैडेलका भनाई रहेको छ ।

Advertisements

क्लबको शनिबार भएको साधारणसभा कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रहेका रत्ननगर १० का वडा अध्यक्ष केशब आचार्यले फाहोर मैला ब्यबस्थापन सँगै धुम्रापान तथा लागु औषध निषेध कार्यक्रम सञ्चालनलाई वडाले सहयोग गर्ने बताए । उनले रत्ननगर १० मा रहेको समग्र नगरभित्रका शार्बजनिक स्थलमा हुने गरेको फोहोर ब्यबस्थापनको क्षेत्रमा काम गर्न लागेकोमा प्रशंसा समेत गरेका थिए । वडा मार्फत युवा लक्षित कार्यक्रम आईरहदाँ यहाँका युवाहरु समाजीक कार्यतर्फ उत्प्रेरित भएको बताए ।

क्लबले युवाहरुमा रहेको कुलत, विकृती तथा बिसंगतीलाई हटाई युवाहरुलाई खेलकुद मार्फत प्रोत्साहन गर्नको लागि युनिक टि–२० प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम, बृक्षा रोपण कार्यक्रम, फाहोर मैला ब्यबस्थापन कार्यक्रम, बालश्रम अनुगमन, निरिक्षण कार्यक्रम गरि रहेको क्लबका अध्यक्ष बिकाश पौडेलले बताए । पौडेलले अब क्लबले पुर्बी चितवन बिद्यालय स्तरिय हाँजिरि जबाफ प्रतियोगिता सँगै शारिरि स्वास्थ्यलाई मध्यनहजर राख्दै बेला बेलामा पैदल तथा साईकल ¥याली राखिने छ । शनिबार भएको कार्यक्रमा रत्ननगर वडा नम्बर दशका वडा सदस्यहरु कमल बहादुर घिमिरे, सिता भेट्वाल, जनजागृती टोल बिकाश संस्थाका अध्यक्ष एक बहादुर जिसी, टोल बिकाश संस्थाकै सचिब पशुपति शर्मा, बैरिया माबिका प्राचार्य युवराज शर्मा पौडेल, खानेपानी तथा सरसफाई उपभोत्ता संस्था रत्ननगर दशका पुर्ब अध्यक्ष थानेश्वर चालिसे, बैरिया माबिका शहायक प्राचार्य लोकनाथ पाण्डे लगाएतले बोलेका थिए ।

क्लबले रिक्त रहेको उपाध्यक्ष र कोषध्यक्ष पदको पनि शनिबारनै पद पुर्ती गरेको छ । क्लबले उपाध्यक्षमा सन्धया पाठक र कोषध्यक्षमा सुदिप पौडेललाई परिपुर्ती गरेको क्लबका अध्यक्ष पौडेलले बताए ।

LEAVE A REPLY