कम्युनिस्ट सरकार माफियाको चंगोलमा फस्यो : कांग्रेस नेता कोइराला

0
418

चितवन । शिक्षा र स्वास्थ्यको सुधारको लागि डाक्टर गोबिन्द केसी पटक पटक अनसनमा बस्दै आएका छन् । उनको इलाममा भएको १६ औ सत्याग्रह स्वास्थ्य स्थिति कमजोर भएपछी टिचिङ्ग अस्पताल काठमान्डौमा जारि छ । उनको यो पटकको सत्याग्रह चल्दै गर्दा बिगतमा सरकार संग १५ पटक सम्झौता भैरहेको छ । पटक पटक फरक फरक पार्टी संग भएका सम्झौता कार्यान्वयन हुन नसक्दा सरकार र पार्टीहरु संग जनताको विश्वास कम हुदै गएको छ । पछिल्लो समय दुइ तिहाइको अङ्कगणितिय संरचना लिएर बनेको सरकार र सरकारको समृद्दीको नारा संग जनता बिस्वस्त हुन सकेका छैनन् । वाइडबडी बिमान खरिदमा भएको चलखेल र गोबिन्द केसीको सत्याग्रहाले नेपाली राजनीति अहिले तरंगित छ । यसै बिषयमा नेपाली कांग्रेसका युवा नेता दिनेश कोइराला संग संकल्प पोस्टका सम्पादक शिव शर्माले कुराकानी :

Advertisements

गोबिन्द केसीको १६ औ सत्याग्रहलाइ कसरि लिनु भएको छ ?
डाक्टर गोबिन्द केसी जनताको पक्षमा र स्वास्थ्य शिक्षामा देखिएको बिकृतिको बिरुद्दमा १६ औ पटक अनसनमा बसेका छन् । बास्तवमा यो पहिलो होइन । र यो उ सरकार नभई हरेक पार्टीले नेतृत्व गरेका सरकारको बेलामा पनि केसी अनसन बसेका छन् । उनका माग जायज छन् , जनताको पक्षमा छन् । उनका माग पुरा गर्न हिचकिचाउनु हुदैन ।

कुनै पार्टीले उनको मागका बिषयमा गम्भीरता किन देखाउदैनन् ?

– एउटै कारण हो गोबिन्द केसी जनताको पक्षमा उभिएका छन् । पार्टी दल र दलका नेताहरु मेडिकल माफिया, शैक्षिक माफिया, ठेकेदार र गलत प्रवृतिका व्यक्तिहरुको बिचमा उभिनु नै मुख्य कारण हो । नेताहरु राजनीतिलाई सुशासन दिन सकेनन । मुलुक भष्ट्रचार तिर अगाडि बढी रहेको छ । यो सन्दर्भमा केसीले उठाएका मागहरु जायज छन् । नेताहरु माफियातन्त्रको दलदलमा फसेका छन् । नेताहरुले जनतालाई भन्दा माफियाहरुको हितलाई ध्यानमा राख्दा यस्तो भएको हो ।

केसीका मागमा कांग्रेस र बर्तमान सरकारको ब्यबहार कस्तो पाउनु भयो ?

– हिजो नेपाली कांग्रेसको सरकार हुदापनि नेपाली कांग्रेसले शिक्षा र स्वास्थ्यमा केहि कमी कमजोरी गरेकै थियो । मैले आन्तरिक रुपमा पार्टीका फोरममा पनि आवाज उठाउने गरेको छु । स्वास्थ्य र शिक्षा सर्वसुलभ हुनुपर्दछ । यो जनताको नैसर्गिक अधिकार हो । एउटा नागरिकले निशुल्क सर्वसुलभ पाउनुपर्ने चिजमा नेपालमा ब्यापार भैरहेको छ । यो कांग्रेसको पनि कमजोरी थियो, यसलाई नियन्त्रण गर्न सकेको थिएन । यस प्रति कांगेस कार्यकर्ताको हैसियतले नेतृत्व प्रति हाम्रो गुनासो थियो । मलाइ लाग्ने गर्थियो कम्युनिष्टहरु जनता सर्बाहारा जनताको उत्थान गर्छौ, गरिव जनताको हितमा काम गर्छौ यावत नारा दिन्थे । मलाइ त लागेको थियो यिनीहरुको नारा भ्रम हो । तर पनि जनताले भ्रममा परेर उनीहरुलाई जिताए । कम्युनिष्ट सरकार शिक्षा स्वास्थ्यमा कांग्रेसले ब्यापार गर्यो भन्ने देखाउन चाहन्छ । व्यापारीलाई प्रोत्साहन गरेको भन्ने देखाउन खोज्छ । बर्तमान सरकारले त अपराधीलाई सम्रक्षण गरेको छ । सरकारले अपराध गरिरहेको छ । शिक्षा स्वास्थ्य जस्ता आधारभूत बिषयमा ब्यापार गरेको छ । कम्युनिष्ट सरकार आएपछि जनतालाई लागेको थियो कि स्वास्थ्य शिक्षामा सुधार हुनेछ तर…. भएन । सरकार माफियाको प्रवक्ता बन्यो । सरकार ठेकेदारको एजेण्ट बनेको छ ।

केसीको सत्याग्रह चल्दै गर्दा उनको बिरोध पनि भैरहेको छ नि हैन ?

पक्कै पनि हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुन्छ । हिजो पनि उनि अनसन बसेका थिए । नेपाली कांग्रेसको सरकार हुदा पनि उनको अनसन थियो । हामी नेपाली कांग्रेसको सदस्य हुदा पनि राम्रो लाइ राम्रो भनेर सरकारलाइ दबाब दिएकै थियौ । अहिले को कम्युनिष्ट सरकारको पंचायती पालाको जस्तै पञ्चर्याली गर्ने, सत्याग्रहको बिरोध गर्ने व्यवहार सरकारले देखाएको छ । केसी जनताको मागलाइ आत्मसाथ गरेर अनसन बसेका हुन् । उनीमा लोभ लालच छैन । आज सरकार पक्षले नै एउटा नौटंकी गरेर, बिरोधमा जुलुश निकाल्न लगाएर, अनसन बस्न लगाएर पंचायती ब्यबहार देखाएको छ । तुरुन्त सरकारले केसी संग गरेका सम्झौता बिनासर्त पालना गरि कार्यन्वयन गर्नुपर्छ । केपी ओली सरकारले आफैले गरेको सम्झौता आफैले लत्याउन मिल्दैन । सत्याग्रहको बिरोधले सरकारको आयु छोटिदै छ भन्ने देखाउछ ।

सरकारले गोबिन्द केसी कुनै एउटा पार्टीको एजेन्ट भने सम्म पनि भन्यो नि ?
-सरकारले गलत बोल्दै छ । आफु माफियाको इसारामा नाच्ने, माफियाको डाइनिङ्ग टेबलमा सगैं खान खाने अनि उल्टै जनताको मागलाइ लिएर अनसन बस्ने सत्याग्रहीको आलोचना गर्ने ? सरकारले ठेकेदार संगको नुनको सोझो गर्नु गलत हो ।

वाइडबडी बिमान खरिद प्रक्रियामा भएको चलखेललाइ कसरी व्याख्या गर्नु हुन्छ ?
-यो कुरा पत्रपत्रिका देखि उपसमितिको प्रतिवेदन सम्मले देखाएको छ कि वाइडबडी बिमानमा धरै चलखेल भएका छन् । वास्तविक तथ्य सत्य बाहिर आएको छैन । खरिद गरिएको हो कि भाडामा लिएको हो भन्ने सम्म प्रस्ट छैन । सम्बन्धित मन्त्रालयका मन्त्रीले पटक पटक फरक फरकरुपमा राखेको धारणाले यसमा धेरै भष्ट्रचार भएको छ । यसको सत्य तथ्य छानबिन गरेर यसमा कमीकमजोरी गर्नेलाइ छानबिन गरेर कारवाही गर्नु पर्छ । २ तिहाइको सरकारको दम्भ यस्तो ठाउमा देखाउनुपर्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पनि संलग्नता छ भनेर जसरी समाचार बाहिरिए के उनीलाई पनि कारवाही गर्न पर्छ भनेर कांग्रेस भन्न सक्छ ?
-यो कम्युनिष्ट राज्य पक्षले लगाएको दोष हो । सरकारले दोष मात्र लगाएर पुग्दैन तथ्य र प्रमाण सहित बाहिर ल्याउनुपर्छ । यसमा कुनै पनि कांग्रेसका नेता कार्यकर्ता कोहि मुछिएका छन् भने सम्बन्धित निकायले प्रमाण पुर्याएर कारवाही हुनुपर्छ । त्यसै हचुवामा आरोप लगाउनु आफु उम्कने चेष्टा हो । नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली तर्फा पनि यो बिषय तेर्सिएको छ । प्रचण्डको पालामा सम्झौता भएको हो, ओलीको पालामा खरिद गरिएको छ ।

सरकारको गलत कामलाइ कांग्रेसले बिरोध गर्न किन नसकेको हो ?

-दुइ तिहाइको सरकारले अपेक्षा अनुरुप काम गर्न सकेको छैन । यसको अलवा नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भन्ने गुनासो आएको छ । मैले यसलाई २ वटा कोणमा हेर्ने गरेको छु । सडकमा टायर बाल्दैमा र सदन अवरुद्द परेर सशक्त हुदा लोकतन्त्र कमजोर हुन्छ । कांग्रेसले तल्लो स्तर सम्म संगठन विस्तार गरि सरकारका कमजोरीलाई जनताको माझमा लैजाने अवसर गुमाएको छ । कांग्रेसले बैचारिक रुपमा सशक्त प्रतिकार गरेको छ । परिणाम आउछ ।

LEAVE A REPLY