विश्व हिन्दु महासंघ रत्ननगर चितवनले महायज्ञ गर्ने

0
328

आशिष उप्रेती, चितवन, माघ ६ । विश्व हिन्दु महासंघ, रत्ननगर चितवनले रत्ननगर नगरपालिका वडा नम्बर २ मा रहेको महारुद्र शिवालय मन्दिर परिसर तथा पार्वतीघाटको किनारमा श्रीमद्भागवत संगितमय प्रवचन सप्ताह ज्ञान महायज्ञ लगाउने भएको छ । यहि फागुन १० गतेदेखि २१ गतेसम्म महायज्ञ आयोजना हुने आज रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

Advertisements

हाम्रो तल्लो पुस्तामा सन्तानलाई धर्मको मूलधारमा ल्यायी बैदिक संस्कार र संस्कृतिको चेतना जगाउन, समाजमा शान्ति फैलाउन, समाजका अनुभवी अगुवाहरुको प्रेरणादायी एवंम् उदाहरणीय ब्यबहार ग्रहण गर्न, सन्तान धर्म र संस्कार संस्कृतिको संरक्षणमा योगदान पुराउन धार्मिक सदाचारको माध्यमबाट समाजमा रहेको धार्मिक संस्थाहरुको भौतिक विकास गर्न सो महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका सहसंयोजक प्रेमनाथ सुवेदीले जानकारी दिनुभयो ।

साथै विश्व हिन्दु महासंघको कार्यालय भवन निर्माण गर्न, विश्व हिन्दु महासंघको नाममा अक्षय कोषको स्थापना गर्न, हरेक वर्ष गर्दै आएको ज्येष्ठ नागरीक सम्मान नदोहोरीने गरी सम्मान र तिर्थ भ्रमण गराउन, महारुद्र शिवालय मन्दिरमा १०८ शिव लिंग राख्न, वृद्धवृद्धा विश्राम स्थललाई पूर्णता दिन, वृद्धवुद्धा संरक्षणको लागि अक्षयकोषको स्थापना गर्न, गौमती गंगा तथा पार्वतीघाटको व्यवस्थापन गर्न, शनि देवताको मन्दिर स्थापना गर्न, चितवन जिल्लामा दर्ता भएका मन्दिरहरुमा क्रमश प्राथमिकताको आधारमा अक्षय कोष खोल्ने वातावरण तयार गर्न महायज्ञको आयोजना गर्न लागिएको उहाले बताउनुभयो ।

अद्धितिय, राष्ट्रशान्ति, पितृमोक्ष र सन्तान सुखका लागि ११ जना बटुहरुद्धारा ११ दिनसम्म सहस्र रुद्रिपाठ, १०८ शिवलिंग पुजा अर्चना, परिक्रमा र श्रीमद्भागवत संगितमय प्रवचन सप्ताह ज्ञान महायज्ञ विभिन्न धार्मिक संघ संस्था तथा सामाजिक संस्था र अन्य भक्तजनहरुको संयूक्त उपस्थितिमा १०८ शान्ति कलस पुजनका साथै नगर परिक्रमा गरीने पत्रकार सम्मेलनमा जनाएको छ । यज्ञमा ब्रतबन्ध, तुलादान, लक्ष्यवर्ति, ग्रहशान्ति, महादिप प्रज्वलन, दैनिक होम, दैनिक रुद्रा भिषेक हुने समेत जनाएको छ ।

प्रत्येक दिन विश्व हिन्दु महासंघको आजीवन सदस्य बन्ने भक्तहरुलाई प्रमाण पत्रद्धारा सम्मान गर्ने समेत बताईएको छ । साथै दाताहरुले दिएको सय रुपैया देखि ४ सय ९९ सम्मको रकम दानपेटिकामा राख्ने, ५ सय रुपैयादेखि ५ हजार सम्मको रकम रसिद काटि ब्यासाचार्यज्युबाट नाम उच्चारण गरीने, ५ हजार एक देखि १० हजारसम्म दिने दाताहरुलाई आशिर्वाद र सम्मान पत्रद्धारा सम्मान गर्ने, १० हजार एक देखि २० हजारसम्म दिने दाताहरुलाई फ्रेम सहितको सम्मान पत्र प्रदान गर्ने, २० हजार एक देखि ५० हजार सम्म दिने दाताहरुलाई चादिको फ्रेम सहित सम्मान पत्र प्रदान गर्ने र ५० हजारदेखि एक लाखसम्म दिने दाताहरुको सुनौलो फ्रेम प्रदानका साथै दोसल्ला ओढाई सम्मान गर्ने जनाईएको छ ।

कुनै भक्तलाई ईच्छा लागेमा रुद्रा भिषेकमा वा भागवतमा एक दिन लाग्ने खर्चको आधा रकम ब्यहोरी दिनमा १० जनासम्म पितृ उद्दार र जीवन मुक्तिको लागि कर्ता बनि पुजा अर्चना गर्न सकिने छ । तुलादान तथा कर्ता बस्न ईच्छा हुने भक्तहरुले पौष १ गतेबाट रत्ननगर २ को सब्जीमण्डीको पछाडी लौरीघोलको किनारमा भएको विश्व हिन्दु महासंघको कार्यालयमा सम्पर्क राखी नाम दर्ता गर्न सकिने समेत बताईएको छ । महायज्ञमा श्रीमद्भागवत कथा माधुरी वाचक पण्डित बालकृष्ण अर्यालको मुखार विन्दबाट हुने छ ।

LEAVE A REPLY