ज्ञानेश्वर सामुदायीकमा प्रेस युनियनको मित्रमिलन तथा वनभोज

0
220

चितवन, माघ ६ | नेपाल प्रेस युनियन चितवन शाखाले पर्यटकिय क्षेत्र ज्ञानेश्वर सामुदायीक वनमा मित्रमिलन तथा वनभोज कार्यक्रम गरेको छ ।

Advertisements

युनियनबाट निर्वाचित नयाँ समितिले सदस्यहरुका लागी वनभोज तथा मित्रमिलन कार्यक्रमको आयोजना गरेको हो । पर्यटकिय क्षेत्रको प्रबद्र्धनका लागी पश्चिम चितवनको ज्ञानेश्वर सामुदायीक वनको सानो गढीमा वनभोज गरेको हो । सो क्रममा युनियनको कार्ययोजना सहितभावी कार्यक्रमको बारेमा छलफल गरिएको अध्यक्ष अनिल ढकालले बताए ।
कार्यक्रममा बोल्दै काँग्रेस नेताहरुले प्रजातन्त्र प्राप्तीपछि पनि नागरिकको स्वतन्त्रता कुण्ठित हुँदै गएको भन्दै नागरिकको आवाज बुलन्द गर्न प्रेस युनियनलाई आग्रह गरेका छन् । सामान्य नागरिकको पहुँचबाट न्याय टाढा रहेको भन्दै सत्यको पक्षमा आवाज दरिलो बनाउनु पर्ने सुझाव दिईएको छ । उनीहरुले लोकतन्त्रको रक्षाको लागी प्रेस युनियन लाग्नुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले लोकतन्त्रमा नागरिकको अधिकार कुण्ठित हुन नहुने बताए । लोकतन्त्रको पक्षमा युनियन संधै प्रतिबद्ध रहेको भन्दै यसमा विचलित नहुने स्पष्ट पारे ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले सरकारले नागरिकको आवाज दबाउन खोजेको भन्दै यसमा युनियनले जनताको पहरेदार बन्नुपर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष पिपुल पोख्रेलले पत्रकार संधै जनताको पक्षमा रहेको भन्दै प्रेस स्वतन्त्रताले मात्रै राज्यमा सुसासन कायम हुने बताए ।

कार्यक्रममा पूर्व सांसदहरु शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, कांग्रेस चितवन जिल्ला सचिव उत्तम जोशी  उपस्थिति थियो । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, युनियनका उपाध्यक्ष सूर्यप्रसाद अधिकारी लगाएतले बोलेका थिए ।

LEAVE A REPLY