मन्त्री दावा लामा भन्छन : चेपाङ बालिकामाथि आक्रमण गर्नेलाई कार्बाही हुन्छ

0
209

चितवन ७ माघ । प्रदेश नं. ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले राप्ती नगरपालिका वडा नं. १३ की दुइ बालिका माथि आइतबार भएको साँघातिक आक्रमणको घोर भत्सना गर्नु भएको छ ।
घरायसी सामान खरिद गरेर आइतबार दिउसो घर फर्कने क्रममा ती दुइ बालिका माथि नचिनेको व्यक्तिले जबरजस्ती गर्ने क्रममा आक्रमण गरी गम्भिर घाइते बनाएको थियो । घटनाको सत्यतथ्य खोजबिन गरी दोषीलाई कार्बाही गर्नको लागि आफूले पहल गरेको मन्त्री लामाले जानकारी दिनु भयो । ‘घटना ज्यादै निन्दनीय भएको छ, यो कुनै हालतमा क्षम्य हुदैन’ मन्त्री लामाले भन्नु भयो ‘घटनाको विषयमा जानकारी पाउने बितिकै आफूले यसमा चासो दिएर दोषीलाई पक्रनको लागि पहल गरेको छु, अपराधीलाई कार्बाही हुन्छ ।’
आपराधिक क्रियाकलाप गर्नेलाई छाड्न हुदैन उहाले भन्नु भयो ‘पीडित व्यक्तिको उचित उपचार उनीहरुको पुर्नस्थापना र त्यस क्षेत्रका स्थानीयको सुरक्षाको लागि आफ्नो सक्रियता सदैव रहन्छ ।’
आक्रमणबाट घाइते भएकी १० वर्षीय बालिकाको टाउकोमा गम्भिर चोट लागेको छ । टाउकोमा रगत जमेको कारण शल्यक्रिया गर्नु पर्ने अवस्था आएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । जबरजस्तीमा परेकी १६ वर्षीय बालिकाको भरतपुर अस्पतालमा उपचार भइराखेको छ ।
घटनाको विषयमा अनुसन्धानको लागि घटनास्थलमा प्रहरी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपेन्द्र शाहले जानकारी दिनु भयो ।

Advertisements

LEAVE A REPLY