चितवन कांग्रेसको जिल्लाव्यापी प्रशिक्षण

0
207

चितवन, माघ ८ । नेपाली कांग्रेस चितवनले जिल्लामा संगठन सुदृढिकरण कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा कार्यक्रमहरु गर्ने भएको छ ।

Advertisements

पहिलो चरणमा जिल्लाका तीन स्थानीय तहमा प्रशिक्षण तथा भेला कार्यक्रम गरिने नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । पहिलो चरणको कार्यक्रम माघ १२ गते देखि सुरु हुने उनले जानकारी दिए । उनका अनुसार माघ १२ गते माडी नगरपालिका, १६ गते खैरहनी नगरपालिका र १९ गते राप्ती नगरपालिकामा प्रशिक्षण गरिने छ । माडीमा हुने प्रशिक्षणमा नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै खैरहनीमा प्रकाशमान सिंह, धनराज गुरुङ र राप्तीमा हुने कार्यक्रममा महेश आचार्य र बद्री पाण्डेले प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनले जनाएको छ । निर्वाचनमा भएको हार र कार्यकर्तामा पलाएको नैरास्यतालाई माथि उठाउँदै संगठन चलायमान बनाउनका लागि कांग्रेस चितवनले अभियानका रुपमा विभिन्न कार्यक्रमहरु संञ्चालन गर्न लागेको हो । दोस्रो चरणमा अन्य स्थानीय तहमा प्रशिक्षण गरिने छ । त्यस लगत्तै कांग्रेसको वडा तहहरुमा पनि प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY