चलचित्र ‘नशा’को पहिलो च्यारेटी, युवाहरुलाई कुलतबाट टाढा राख्ने संदेश

0
405

रत्ननगर, माघ ८ । चितवनका कलाकारहरुले निर्माण गरेको चलचित्र ‘नशा’ले रत्ननगरमा सोमबार पहिलो च्यारिटी शो देखाएको छ । फिल्मी पाटी, चितवन भुमि साप्ताहिक पत्रिका र साइनिङ ईन्सिच्युट प्रालिको ब्यानरमा निर्माण भएको सन्देशमुलक चलचित्र ‘नशा’ले आँफ्नो पहिलो शो को रुपमा रत्ननगर स्थित नारायणी चलचित्रहलमा देखाएको चलचित्र निर्माता मुस्कान काप्रीले जानकारी दिए ।

Advertisements

लागूऔषधमा फसेका युवाहरुलाई सहि बाटोमा ल्याई अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्य सहित चलचित्र निर्माण गरिएको हो । चलचित्रले पछिल्लो समय बड्दै गएको दुरब्यसनीलाई पर्दा मार्फत देखाएर चेतना दिन खोजेको रत्ननगर १० का वडा अध्यक्ष केशब आचार्यले बताए ।

चितवनमा लामो समय सम्म संञ्चार क्षेत्रमा आबद्ध संचारकर्मीको टिमले बनाएको चलचित्र नशालाई चितवन संगै नवलपरासी, धादिंग, मकवानपुर, रुपन्देही लगाएतका स्थानमा पनि च्यारेटी शो गर्ने फिल्मका निर्माता तथा कलाकार मुस्कान काप्रीले बताए ।

चलचित्रमा मुख्य कलाकार नायकको रुपमा देब आर एन दया र नायिकाको रुपमा रेश्मा सुबेदी रहेका छन भने कलाकारहरु सुबास भट्ट, रुपा केसी,प्रमिला बिसी,नकुल परियार, भिम ढुंगेल,अस्मु पौडेल, लगायतले अभिनय गरेको छन ।

नेत्र गुरुङले छायाङकन गरेको चलचित्रमा संचारकर्मी बिनय ढुंगाना कार्यकारी निर्माता र नबिन कुमार शर्मा निर्माताको रुपमा रहेका छन । एलेक्स रानाले निर्देशक गरेको चलचित्र सुमन पौडेलले लेखेका हुन ।

LEAVE A REPLY