जनताले दिएको जनमतको सदुपयोग गर्न नेता आचार्यको आग्रह

0
183

बेझाड, ९ माघ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले जनताले दिएको जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

Advertisements

पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्नुभयो ।

उहाँले विकासमा पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन, जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास हँुदैन भन्नुभयो ।

उहाँले शक्तिको स्रोत सत्ता होइन जनता हो भन्दै जनतासँग निकट भएर जनताले उठाएका राष्ट्रिय मुद्दाको निकास दिने काम काङ्ग्रेस नेतृत्वको सरकारले गरेको दाबी गर्नुभयो ।

७२ वर्षको लामो इतिहासमा कम समय सत्तामा बसेर मुलुकमा बढ्दै गरेको हिंसा, दमन शोषणविरुद्ध, जनताको हितका लागि काङ्ग्रेसले काम गरेको उहाँले चर्चा गर्नुभयो । रासस

LEAVE A REPLY