तहगत संरचनामा विकासबारे विज्ञसँग सुझाव

0
178

काठमाडौँ, ९ माघ ।   राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वन समितिले तत्कालीन स्थानीय निकाय पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग तहगत संरचनामा विकास निर्माणबारे सुझाव लिएको छ ।

Advertisements

समितिको आजको बैठकमा पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीच सम्पर्क तथा समन्वय नहुँदा चाहेर पनि राज्यले विकास निर्माणलाई दू्रततर गतिमा अघि बढाउन नसकेको धारणा व्यक्त गर्नुभयो । संविधानमा उल्लेख भएका साझा सूची तथा सङ्घ, प्रदेश र स्थानीय तहले गर्नुपर्ने कार्य सम्पादन कार्यादेशभित्र रहेर गर्नुपर्नेमा कतिपय विषयमा दोहोरोपन देखिएकाले आगामी दिनमा त्यसलाई सुधार्न तीन तहबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको सुझाव उहाँले प्रस्तुत गर्नुभयो ।

प्रदेश तथा स्थानीय तहले संविधानले दिएका अधिकारको अधिकतम प्रयोग गर्न र आर्थिक समृद्धिका लागि विभिन्न स्रोतको पहिचान गरी कार्यान्वयनमा लैजान सक्ने प्रशस्तै सम्भावनाका बारेमा पनि सो अवसरमा जानकारी गराइएको थियो । पौडेललाई हालैकोे मन्त्रिपरिषद् बैठकबाट प्राकृतिक स्रोत तथा वित्तिय आयोगको अध्यक्षका लागि सिफारिस गरिएको थियो । (रासस)

LEAVE A REPLY