महिला संघ चितवनको कार्यसमिति विस्तार

0
211

चितवन, माघ ९ । नेपाल महिला संघ चितवनको आज बसेको बैठकले कार्यसमिति विस्तार गरेको छ । महिला संघ चितवनकी अध्यक्ष पार्वतीशाह ठकुरीको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको पदाधिकारीहरुमा मनोनयन गरेको हो ।
महिला संघको विधानको परिक्षेद ३ को धारा १० को उपधारा २ ‘ग’ बमोजिम अध्यक्षमा निहित अधिकारको प्रयोग गरी उपाध्यक्षमा सरस्वती पौडेल, सचिवमा तारा गुरुङ र सहसचिवमा शशी महतोलाई मनोनयन गरिएको हो ।

Advertisements

महिला संघ केन्द्रीय समिति र नेपाली कांग्रेस चितवनलाई बोदार्ध दिइएको सो पत्रमा अहिले मनोनित गरिएका पदाधिकारीबाट संघलाई चलायमान बनाउन मद्धत पुग्ने जनाइएको छ ।

LEAVE A REPLY