मेलम्ची खानेपानी आयोजनाको बाकी काम नेपाली ठेकेदारबाट गर्न निर्देशन

0
193

काठमाडौं,माघ १० । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकले मेलम्ची खानेपानी आयोजनाको अन्योलता हटाउन निर्देशन दिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणमा इटालेली कम्पनी सिएमसीले डिसेम्बर १५ बाट नेपाल छाडेर काम नगर्ने बताएका कारण समितिले चाँडो वैकल्पिक व्यवस्थाबाट आयोजना निर्माण अघि बढाउन निर्देशन दिएको हो । समितिका सभापति दिलकुमारी रावल थापाले आयोजनामा देखिएको गतिरोध समाधान गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिनुभयो । “समयभित्र ठेकेदार नफर्कने र काममा आलटाल भयो भने उक्त कम्पनीलाई जिम्मेवारबाट मुक्त गुर्नपर्छ,उहाँले भन्नुभयो, बैकल्पिक उपायको खोजी गर्दै परियोजना यथासिघ्र सम्पन्न गर्नुपर्छ ।”

बहुराष्ट्रिय ठेक्कामा नगई स्थानीय ठेकेदारबाट नै मेलम्ची खानेपानी आयोजनासम्पन्न गर्न समितिले निर्देशन दिएको छ । ग्लोबल टेण्डरमा जाँदा लामो समय अवधि लाग्ने भएकाले देश भित्रैबाट काम सम्पन्न गर्न छोटो,छरितो सहज बाटो अवलम्बन गर्न समितिको आग्रह छ ।
सत्र वर्षपहिले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न नेपाल सरकारले बहुराष्ट्रिय ठेक्का प्रणालीमार्फत सिएमसीसँग सम्झौता गरेको थियो । पछिल्लोपटक सो कम्पनीले रु एक अर्ब ६५ करोड थप गर्न नेपाल सरकारलाई दबाब दिएको थियो । माग भएको उक्त रकम भुक्तानी गर्न नसकिने जानकारी आयोजनाले दिएपछि कम्पनीका पदाधिकारीले नाटकीयरूपमा नेपाल छाडेका थिए ।

Advertisements

समितिले मेलम्ची खानेपानी आयोजनाका अतिरिक्त काठमाडौं महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी संस्थान, काठमाडौं, उपत्यका खानेपानी लिमिटेडका बारेमा जानकारी लिएको थियो । बैठकमा समितिका सदस्य कोमल वली, खिमलाल भट्टराई, प्रकाश पन्त, जीवन बुढा, रामचन्द्र राय लगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो । बैठकमा खानेपानी मन्त्री विना मगर भने विरामी भएका कारण उपस्थित हुन सक्नुभएन ।

LEAVE A REPLY