अवैधानिक रुपमा सञ्चालित क्रसर उद्योग भरतपुर महानगरले बन्द गरायो

0
196

चितवन, माघ १० । भरतपुर महानगरपालिका–२९ मा अवैद्यरुपले सञ्चालित दुई क्रसर उद्योगलाई महानगरपालिकाले बन्द गर्न परिपत्र गरेपछि जिल्ला प्रहरी कार्यालयले बन्द गराएको छ ।

Advertisements

महानगरले गत पुसमा जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै इजाजतपत्र बेगर सञ्चालन भएका भरतपुरको भतेरी जंगल नजिकै जुगेडी बजारमा सञ्चालित मकवानपुर इन्जिनियरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालि र त्रिशूली किनारको भोर्लेमा सञ्चालित महानगर बालुवा उद्योगलाई बन्द गर्न निर्देशन दिएको थियो । चितवन जिल्ला प्रहरी प्रमुख सुशीलसिंह राठौंरले भरतपुर महानगरपालिकाको परिपत्र अनुसार ती क्रसर उद्योग बन्द गराइएको जानकारी दिए ।

परिपत्रमा ती उद्योगहरुले अत्यधिक मात्रामा प्राकृतिक स्रोतसाधनको दोहन र राजस्वको अपचलन गरेको आरोप लगाइएको थियो । गत पुस २० गते महानगरकी प्रमुख रेनु दाहालको संयोजकत्वमा बसेको अनुगमन समितिको बैठकले सो निर्णय गरेको परिपत्रमा उल्लेख छ ।

LEAVE A REPLY