चितवनमा गाडीको यान्त्रिक र चालकको स्वास्थ्य जाँच

0
298

चितवन,माघ १० । चितवनमा सवारीसाधनको यान्त्रीक परिक्षण र चालकको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन,भरतपुर आँखा अस्पताल,यातायात व्यवस्था सेवा कार्यालय भरतपुर र चितवन अटोमेकानिकल व्यवसायी संघको संयुक्त आयोजनामा आज विहिवार भरतपुर १ रामनगरमा सवारीसाधनको यान्त्रीक परिक्षण र चालकको स्वास्थ्य जाँच गरिएको हो ।

Advertisements

चितवनमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ । देशको केन्द्रबिन्दु र मुख्य राजमार्ग भएका कारण यहाँ दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सो अवसरमा ९७ वटा सवारी साधनको यान्त्रीक परिक्षण, १०३ जना चालकको आँखा परिक्षण र ९९ जना चालकको स्वास्थ्य परिक्षण गरिएको थियो । यान्त्रीक परिक्षण गरिएका १२ वटा सवारीमा ब्रेक आयल,हावा कम,मोविल चुहिने जस्ता समस्या देखिएको थियो । स्वास्थ्य जाँच गराएका २० जना चालकहरुको ब्लड प्रेसर र ७ जना चालकको दृष्टी दोष लगाएतका समस्या देखिएकाले थप उपचार गर्न सुझाब दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

‘गाडी दुर्घटना हुँदा चालकलाई मात्रै दोष दिन्थ्यौं, ट्राफिक प्रमुख वेदप्रसाद गौतमले भन्नुभयो’, तर वास्तबमा सडकमा गुड्ने सवारीको अवस्था कस्तो छ, सडकमा गुड्न योग्य छ कि छैन, चालकको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्ने रहेछ ।’ नागरिकलाई सुरक्षित यात्रा गराउने दायित्व ट्राफिकको भएकाले स्वास्थ्य चालक र गाडीको अवस्था ठीक राख्न कार्यक्रम गरिएको गौतमले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक शुशिल सिंह राठौर, प्रदेश नम्बर ३ ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेत,चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष राम लोहनी,यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्राविधिक, भरतपुर अस्पताल र आँखा अस्पतालका चिकित्सक लगाएतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY