‘काँग्रेसलाई जिस्काउने कम्युनिष्ट सरकार अब सकिदै’

0
181

काठमाडौं, माघ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता एवंम पूर्व मन्त्री गगन कुमार थापाले काँग्रेसलाई जिस्काउने कम्युनिष्ट अब सकिएको उद्घोष गरेका छन् ।

Advertisements

दुई तिहाईको कम्युनिष्ट सरकारले प्रतिनिधि सभामा जबरजस्ती रुपमा चिकित्सा शिक्षा विधेयक शुक्रबार पारित गरेपछि सरकारविरुद्ध कडा आक्रोश पोखेका गगनले कम्युनिष्ट सकिएको दावी गरे । उनले भने–“काँग्रेस सदनबाट पनि लड्छ, यसको प्रतिउत्तर पछि पाउँछ, अब सरकार र सभामुखलाई पनि महंगो पर्छ, काँग्रेसलाई जसले जिस्कायो कम्युननिष्ट पनि अब सकिएको छ ।”

नेता थापाले विधेयक पास गराउन सरकार भन्दा पनि सभामुख बढि लागेको प्रति आक्रोश पोख्दै सभामुख कृष्णबहादुर महरालाई अब महंगो पर्ने चेतावनी दिए । उनले भने–“सभामुखले शुक्रबार सरकारी विधेयक माथि छलफल गर्न मिल्दैन भनेर भन्ने तर जालझेल गरेर विधेयक पास गराए ।”

LEAVE A REPLY