पहिलो एकदिवसीयमा युएइसंग नेपाल ३ विकेटले पराजित

0
175

काठमाडौं, माघ ११ । युएईविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको छ ।

Advertisements

नेपालले दिएको ११४ रनको झिनो लक्ष्य पछ्याएको युएईले ३२।१ ओभरमा ७ विकेटको क्षतिमा ११६ रन बनाउँदै जित हासिल गर्‍यो । उसका लागि अमिर हायत २४ र इमरान हैदर १८ रनको अविजित पारी खेलेपछि युएईले तीन एक दिवसीय ऋंखलामा १–० को अग्रता बनाउन सफल भएको हो ।

युएईका गुलम शाबरले ३० रन बनाए । ७३ रनमा ७ विकेट गुमाई सकेको युएईलाई हायत र हैदरले जितसम्म पुर्‍याए ।

यसअघि टस हारी पहिले व्याटिङ गरेको नेपाल ११३ रनमै अलआउट भएको थियो । नेपालको पहिले देखिकै समस्या ओपनिङ व्याटिङ आज पनि चल्न सकेन् ।

ओपनर उपकप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउटा हुँदा विनोद भण्डारी ५ रन बनाएर आउट भएपछि नेपालले १६ रन बनाउँदा २ विकेट गुमाउन पुग्यो । नेपालका अलराउण्डर सोमपाल कामीले ३०, आरिफ शेखले २५, कप्तान पारस खड्काले २०, सन्दीप लामिछानेले १५ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक पनि जोड्न सकेनन् । दीपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी शून्यमै आउट हुँदा ओडिआईमा डेब्यु गरेका पवन सराफ ४ र ललित नारायण राजवंशीले २ रन मात्र बनाउन सके ।

युएइका लागि मोहम्मद नाभिद र आमिर हायतले ३/३, इमरान हैदरले २ र कदिर अहमेदले एक विकेट लिए । नेपालले दोस्रो एकदिवसीय खेलमा भोलि नै युएईसंग खेल्दैछ ।

एकदिवसीय मान्यता पाएपछि नेपालले दोस्रो पटक एकदिवसीय सिरिज खेल्न लागेको हो । नेपालले पहिलो एक दिवसीय सिरिज नेदरल्याण्डसंग खेलेको थियो । युएइ भ्रमणमा नेपालले तीन एक दिवसीय र तीन टि–ट्वान्टी सिरिज खेल्ने छ ।

LEAVE A REPLY