सौराहा फुड फेस्टिवललाई व्यवस्थित बनाउने प्रयासको थालनी

0
207

चितवन, माघ ११ । प्रणय दिवसको अवसरमा हरेक वर्ष चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना हुँदै आईरहेको सौराहा फुड फेस्टिवललाई यसपटक अझै व्यवस्थित बनाउने प्रयास थालिएको छ ।

Advertisements

माघ २८ गतेबाट सुरु हुने सौराहा फुड फेस्टिवललाई व्यवसायीको साझा कार्यक्रमको रुपमा विकास गर्न छलफल थालिएको छ । फेष्टिवल नजिकिदै गर्दा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) सौराहाले गर्दै आएको फेस्टिवललाई सौराहाका होटल तथा पर्यटन व्यवसायीको साझा उत्सव बनाउन छलफल थालिएको फेस्टिवलका संयोजक धु्रव गिरीले जानकारी दिए । फेस्टिवललाई पर्यटन प्रवद्र्धनको प्रभावकारी माध्यमको रुपमा विकास गर्न साझा कार्यक्रमको रुपमा विकास गर्न लागिएको संयोजक गिरीले बताए ।

सौराहाका होटल व्यवसायीहरुले फेस्टिवलमा खानाको गुणस्तर सुधार गर्न, परम्परागत खानालाई प्रोत्सहान गर्न, फेस्टिवलमा आवास तथा खानामा दिइने छुटलाई कडाईका साथ लागु गर्न र फेस्टिवल परिसरमै होटल बुकिङको व्यवस्था मिलाउन सुझाब दिएको संयोजक गिरीले बताए ।

कार्यक्रममा क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, प्रथम उपाध्यक्ष दीपक भट्टराई, रेवान सौराहाका पूर्व अध्यक्ष सुवास गौतम, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना, व्यवसायी टीकाराम गिरी लगायतले मन्तव्य राखेका थिए ।

सौराहा फुड फेस्टिबलको यो १३ औं संस्करण हो । फेस्टिबल फागुन ३ गते सम्म चल्ने छ । रत्ननगर नगरपालिका ७ को सिसुवार खेलमैदानमा फेस्टिबल आयोजना गर्न लागिएको रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । सो अवसरमा विभिन्न खानाका परिकारसँगै राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

सोही अवसरमा भलिबल, पर्यटक दौड, वेटर रेससँगै बच्चाहरूका खेल आयोजना गरिने उनले बताए । फेष्टिवलमा फरक क्षमता भएका बच्चाहरूलाई खाना खुवाउने कार्यक्रम समेत गरिँदै छ । पर्यटकहरूको आगमन कम हुने समयमा पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । वार्षिक दुई लाख हाराहारी पर्यटक आउने सौराहमा एक सय दश होटल र ६० रेष्टुरेन्ट छन् ।

LEAVE A REPLY