खैरहनीमा ओम श्री सलासर हनुमान जीको मन्दिर स्थापना

0
282

चितवन माघ ११ । चितवनको खैरहनीमा ओम श्री सलासर हनुमान जीको मन्दिर स्थापना भएको छ । खैरहनी ८ पर्सामा मन्दिरको सिएस ग्रुपका प्रोपाइटर द्वय प्रविन चौधरी र आनन्द सडौलाले निर्माण गरेका हुन् । थ्री सिक्स्टि इभेन्ट म्यानेजमेन्टले गरेको कार्यक्रममा सो मन्दिरको स्थापना गरि पुजा अर्चना गरिएको कार्यक्रम संयोजक अजय जिसीले जानकारी दिए । मुर्ति अनावरण संगै उद्घाटन प्रमुख अतिथि धर्म गुरु श्री सत्य ओम बाबा ओम प्रकास श्रेष्ठले गरेका हुन् । सोहि अवसरमा सिएस ग्रुपका प्रोपाइटर प्रविन चौधरीले समाजलाइ असल मार्गमा डोर्याउन भगवान प्रतिको आस्था निरन्तर हुनुपर्ने बताए । अर्का आनन्द सडौलाले मन्दिरको ब्यबस्थापन र स्थायित्व दिन स्वयम् टोल बासी नै लाग्नु पर्ने बताए । प्रमुख अतिथि श्रेष्ठले धर्मका नाममा हुने गरेको ब्यापारलाइ सरकारले रोक्नुपर्ने बताए । धर्म नेपालीको पहिचान भएको भन्दै धार्मिक सहिस्णुतालाइ कायम गर्ने जिम्मेवारी युवापुस्तामा रहेको उनको तर्क छ ।

Advertisements

LEAVE A REPLY