पाँच वर्षपछि बाग्लुङमा भारी हिमपात, कृषक खुशी, जनजिवन भने प्रभावित (फोटो फिचर )

0
198

बाग्लुङ १२ माघ । बागलुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि आज हिमपात भएको छ ।

शुक्रबार दिउँसैदेखि लगातार पानी परेर चिसो बढेसँगै रातको समयमा हिउँ परेको हो । हिउँका कारण बिहुँ र आसपासका,रायडाँडा, ठानडाँडा, शिवालय, घोडा बाँधे, कर्लेम, लेखानीलगायतका गाउँ सेताम्ये देखिएका छन् । 

विगत पाँच वर्षअघि यस क्षेत्रमा हिउँ परेको जानकारी दिँदै काठेखोला गाउँपालिका–४ का वडा सदस्य शिवलाल कँडेलले त्यसयता भने पहिलो पटक हिउँ परेको बताउनुभयो । हिउँ परेसँगै यस क्षेत्रमा लगाइएका आलु, गहुँ, जौको राम्रो उत्पादन हुने भएका कारण यहाँका कृषक खुशी भएका छन् । 

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) केन्द्रको आयोजना एवं भिटोफ गण्डकी प्रदेश पोखराको संयोजनमा आज यहाँस्थित शिवधुरी सामुदायिक घरबासको उद्घाटनका लागि आएका अतिथि बिहानैदेखि हिउँ खेलेर रमाएका छन् ।Image may contain: tree, plant, sky, outdoor and nature

यहाँको प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पु¥याउने उद्देश्यका साथ पहिलो चरणमा १० घरमा घरबास कार्यक्रम सञ्चालनमा ल्याइएको र यसको प्रवद्र्धन गर्न लागिएको भिटोफ पोखराका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिनुभयो । Image may contain: tree, sky, outdoor and natureImage may contain: tree, plant, outdoor and natureImage may contain: tree, snow, outdoor and nature

NO COMMENTS

LEAVE A REPLY