नवज्योती सामुदायिक बनको विवाद उत्कर्षमा

0
386

शिव शर्मा चितवन माघ १२ । भरतपुर–६ मा रहेको नवज्योति सामुदायिक बनलाइ अनिर्णयको बन्दि बनाउन नहुने बक्ताहरुले बताएका छन् । राजनीतिक पार्टीको चाहना र आम उपभोक्ताको चाहना बीचमा धेरै अन्तरबिरोधका कारण नवज्योति बनमा विवाद भएको उनीहरुले बताए । सो बनमा विवाद चर्किएर समानान्तर समिति गठन भएपछी विवाद उत्कर्षमा आएको थियो । सामाजिक सतर्कता अभियानले आयोजना गरेको समसामयिक बिषयको बहस कार्यक्रममा नवज्योति बनको विवादले प्राथमिकता पाएको हो । बनमा रहेको अन्तरविरोधको समाधान छलफलको माध्यम बाट हुनुपर्ने भरतपुर ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले बताए । प्रजातान्त्रिक पद्दति अनुरुप निर्वाचन गराएर नया कार्यसमिति गठन गरेर बनलाइ निकास दिनुपर्ने उनको भनाइ छ । उनले उपभोक्ताको अधिकारलाइ राजनीतिले कुण्ठित गर्न नहुने प्रस्ट्याए ।

Advertisements

स्थानीय बुद्दिजिवि हरि सापकोटाले आग्रह पूर्वाग्रह भन्दा माथि उठेर सामाजिक भावनाले काम गरेमात्र समस्या समाधान गर्न सकिने बताए ।
नवज्योतिको नया समिति गठन गर्ने क्रममा राजनीतिक पार्टीले गल्ति गरेको नेकपाका नेता डोलनाथ अधिकारि (राम)ले स्वीकार गरे । “बिधि बिधान अनुसार निर्वाचन कमिटिले समिति गठन गरेपनि स्थानीय स्तर बाट बिरोध आएको प्रति गम्भीर छौ”, उनले भने “१ महिना भित्रमा निकास दिन्छौ ।”

वनको विवादको बिषयमा वरण्डाभारको समिति बैठकमा छलफल हुनुपर्नेमा बरण्डाभारले आफ्नो उपस्थिती देखाउन नसकेको नेपाली कांग्रेसका वडा सभापति सुर्य प्रसाद अधिकारीले आरोप लगाए । उनले समानान्तर कमिटिले उब्जाएको समस्यालाई समाधान नगरे जटील स्थिति आउने चेतावनी दिए । राजनीतिक पार्टीले गर्ने निर्णयबाट समाजमा परेको प्रभावलाइ बाहिर ल्याउन सतर्कता अभियानले भूमिका खेलेको उनको भनाइ छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका केन्द्रिय सदस्य भगिरथ तिमल्सेनाले सामाजिक व्यक्तिहरुलाई निरुत्साहित गर्दा समाज अधोगति तर्फ उन्मुख हुनेमा चिन्ता ब्यक्त गरे । हरेक सामाजिक काममा हुने कमि कमजोरीलाई विश्लेषण गरि सवल बन्नुपर्नेमा उनको सुझाव थियो ।

बरण्डाभार वन उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले आम उपभोक्ताको माग बमोजिम नै कार्यसमिति बनाउन लबिङ्ग गर्ने प्रतिवद्दता जनाए । गीतानगर इलाका प्रहरीका प्रहरी निरिक्षक गणेश पौडेलले प्राकृतिक स्रोत र साधनको अधिकतम उपयोग गर्न स्वयम् उपभोक्ता केन्द्रित हुनुपर्ने औल्याए । बिकास र समृद्दीको आधार स्थानीय स्तरबाट नै खोजिनुपर्ने उनको भनाइ छ । कार्यक्रममा स्थानिय डोल प्रसाद बसेल, यामनाथ शर्मा, धनप्रसाद श्रेष्ठ , बिष्णु तिवारी, महिला समन्वयन समितिकी उपाध्यक्ष इन्द्रा पौडेल लगाएले बोलेका थिए । कार्यक्रममा गीतानगर सामुदायिक सिकाइ केन्द्रको बिषयमा समेत छलफल भएको थियो । कार्यक्रम भरतपुर वडा न ६ का वडा अध्यक्ष हरिविलास कोइरालाको प्रमुख आतिथ्यता र अभियानका संयोजक इन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा भएको हो ।

नवज्योति सामुदायिक बन उपभोक्ता समितिमा गत बैशाख १५ गते भएको साधारण सभा र अधिवेशन भएको थियो । अधिवेशनमा १५ सदस्यीय कार्यसमिति गठन गरिए पछि विवाद सतहमा आएको थियो । ४६ जनाको उम्मेद्वारीबाट राजनीति दलको सहमतिमा निर्वाचन कम्मिटिले कार्यसमिति गठन गरेको थियो । ५ बर्षे कार्यकालको कार्यसमितिले पञ्च वर्षीय कार्ययोजना बनाएर काम गर्ने गर्दछ । सो कार्यसमितिमा स्वच्छ छबिका व्यक्ति नभएको भन्दै स्थानीयले बिरोध जनाएका थिए । बिगतमा २ सय ७४ क्यु फिट काठ वितरण गर्नुपर्नेमा सो भन्दा धेरै काठ काटिएपछि आशंका पैदा भएको स्रोतले बतायो । अहिले सो बन अन्तरगत ६ सय क्यु फिट काठ उपभोक्तालाइ वितरण गर्ने गरि अधिकार प्राप्त भएको बुझिएको छ । ६७ हेक्टर क्षेत्रफलमा फैलिएको बनका ९ सय उपभोक्ता छन् ।

LEAVE A REPLY