काँग्रेसलाई जिस्काउने कम्युनिष्ट सरकारलाई राणा र राजाको स्थानमा पुर्याउछौ : नेता थापा

0
234

चितवन, माघ १२ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले कम्युनिष्ट सरकार अहंकारले भरिएको टिप्पणी गरेका छन् ।

Advertisements

आज ९शनिबार० चितवनको माडीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले अहंकारलाई नत्यागे कम्युनिष्ट सरकारकै कारण इतिहासकै सुवर्ण अवसर खेर जाने बताए । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गरेपछि निकै आक्रोशित बनेका नेता थापाले काँग्रेसलाई जिस्काउने कम्युनिष्ट सरकारलाई राणा र राजाको स्थामा पुर्‍याउने चेतावनी दिए । उनले भने–“काँग्रेसलाई जिस्काउनु पहिले ईतिहास हेर्नुहोला, पेलेर जान खोजे कडा जवाफ दिन्छौं ।”

नेता थापाले ठुलो लडाँइ लडेर प्राप्त भएको उपलव्धीका रुपमा रहेको संघीय लोकतान्त्रीक गणतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा आएको बताए । उनले भने–“संघीयता रलोकतन्त्रलाई चलाउन विशेष क्षमता आवश्यक पर्छ, वर्तमान नेतृत्वमा त्यो देखिदैन ।” उनले अहिलेको उपलब्धी जोगाउन पार्टी एकढिक्का हुनपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस माडी नगर समितिका सभापति कमलनाथ भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापती टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, पृथ्वीमान गुरुङ, टीकाराम न्यौपाने, महासमिति सदस्य सविता बराल, साजनकुमार महतोलगायतले बोल्नुभएको थियो । कार्यक्रममा ३४ जना प्रजातन्त्रका सेनानीलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY