सचिन र अफ्रिदीलाई पछि पार्दै रोहित पौडेलको बिस्व रेकर्ड

0
255

काठमाडौं, माघ १२ । क्रिकेटका दुई चर्चित हस्ती भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीलाई पछि पार्दै नेपाली क्रिकेटर रोहित कुमार पौडेलले नयाँ रेकर्ड बनाएका छन् । उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडीको रेकर्ड बनाउँदै सचिन र अफ्रिदीलाई पछि पारेका हुन् ।

Advertisements

युएईसँग जारी एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा रोहितले अर्धशतक बनाएका हुन्। उनले ५८ बलमा ५५ रन बनाएर ७ चौका प्रहार गर्न सफल भए।
सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंकाविरूद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए। त्यसबेला शाहिद १६ वर्ष २१७ दिनका थिए। यसैगरी, रोहित पौडेल भने आज १६ वर्ष १४६ दिनका भएका छन्। यस्तै सचिन तेन्दुलकरले पाकिस्तानविरुद्ध टेस्टमा ५९ रन बनाएका थिए । जतिबेला सचिव १६ वर्ष २१३ दिनका थिए ।

LEAVE A REPLY