दिपक मनाङ्गे उर्फ माननीय मनाङ्गे !

0
278

पोखरा, माघ १४ । (मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्।

Advertisements

सर्वोच्चको आदेशमा थुनामुक्त भएतापनि मुद्धा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभामा अन्यौल रहेको थियो। मनाङेले सपथका लागि गत पुस ११ गते निवेदन दिए पनि पुस २२ गते आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेको थियो।

समितिको बैठकमा बोल्दै सभामुख नेत्रनाथ अधिकारीले उनलाई तत्काल सपथ गराउन नसकिने बताए थिए। त्यसको भोलिपल्टै मनाङेले सभामुखलाई भेटेका थिए। भेटपछि सभामुखले यसबारे पछिमात्रै निर्णय हुने बताएका थिए।

LEAVE A REPLY